चोरी मुद्दामा १ महिना कैद सजाय भई फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । साविक राम्चे गा.वि.स. वडा नं.७ ठेगाना भई हाल वाह्रविसे नगरपालिका वडा नं.९ बस्ने २९ वर्षको बुद्ध भन्ने जागृत तिमिल्सिनालाई ईलाका प्रहरी कार्यालय वाह्रविसेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । फैसला कार्यान्वयन अन्तर्गत सिन्धुपाल्चोक जिल्ला अदालतबाट २०७१ असोज ०२ गतेको फैसलाले चोरी मुद्दामा १ महिना कैद र रु.७०,०००।– (सत्तरी हजार) जरिवाना सजाय भई फरार रहेका उनलाई ८ वर्षपछि बिहिवार पक्राउ गरिएको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोक जिल्ला अदालतमा दाखिला गरिएकोमा अदालतले तिमिल्सिनालाई लागेको कैद सजाय असुलका लागि बिहिबार जिल्ला कारागार चौतारा चलान गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरिक्षक शिव बुढाथोकीले जानकारी दिनुभयो ।
