सम्पर्क

सिसि क्यामरा जडान गर्दै बाह्र्बिसे

सिन्धु पाल्चोक जिल्ला बाह्र्बिसे नगरपालिका एक पछी अर्काे लोकप्रिय काम गर्दे आइरहेको छ । १२ कक्षा सम्म निशुल्क ८कक्षा सम्म खाजा पुर्ण अपागंता भएकालाइ खाद्यन्न सहीत ह्वीलचियरको ब्यबस्था , बर्षादको समयमा बाढीपहीरोबाट अस्पताल जान नपाएकाहरुलाइ अस्पताल जाने व्यबस्थ ागर्नुका साथै कृषी एम्बुलेन्सको ब्यवस्था लगाएत बिभिन्न लोकप्रिय काम गर्दै रहेको अबस्थामा नजिकिदै गरेको दशै र तिहार जस्ता महान चाडपर्वको समयमा हुने अपराधिक क्रियाकलापहरु तथा सवारी दुर्घटना ,चोरी,लुट्पाट डकैती जस्ता कार्यहरुलाइ हुन नदिन र कुनै घटना घटीहाले तत्काल अपराधी पत्ता लगाउँनका लागी सिसिक्यामारा जडान गरिन लागेको छ । यसै सिलसिलामा कुनै पनी अप्रयि घटना हुन नदिन तथा घटेका अपराधको सफल अनुसन्धान गर्नको लागी बाह्रबिसे बजारको विभिन्न ठाउमा सिसि क्यामरा जडान गर्नको लागी बाह्रबिसे नगरपालिकाका नगर प्रमुख बालकृष्ण बस्नेत जि.स.स. सिन्धुपाल्चोक प्रमुख श्री बालकृष्ण श्रेष्ठ, जिसस सचिबालयका हेमन्त श्रेष्ठ, प्रहरी निरिक्षक मुकेस न्यौपाने सहितको टोलीले बजारको कुन कुन स्थानमा सिसि क्यामारा राख्दा उपयुक्त हुन्छ भन्दै अनुगमन गरेकोहो ।