सम्पर्क

असोज १ गते देखी काठमाण्डौमा धुम्रपान बन्द

 

देसको राजधानी काठमाण्डौ महनगरपालिकाले संरचनाको उचित व्यवस्थापन गर्दै कानुनको अक्षरंस पालनिा गराउँने क्रममा अनधिकृत रुपमा बनेका भवनहरुको व्यबस्थापन तथा सफा काठमाण्डौ निर्माणका लागी चालेको अभियान अन्तमा कानुन बिपरित निर्माण भएका संरचनामा डोजर चलाएर व्यापक चर्चामा रहेको काठमाडौं महानगरपालिकाले आगामी असोज १ गतेदेखि सार्वजनिक क्षेत्रमा धूमपान गर्न निषेध अभियानलाई कडाइका साथ लागू गर्ने भएको छ । महानगरपालिकाले एक सूचना जारी गरी महानगरपालिकाका सार्वजनिक स्थललाई धूम्पान मुक्त बनाउने भएको जानकारी गराएको हो । सूर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन) गर्ने ऐन, २०६८ को दफा ४ मा सार्वजनिक स्थलमा सूर्तीजन्य पदार्थ खान नपाइने व्यवस्था छ भने दफा ५ मा सार्वजनिक निकायलाई धूमपान तथा सूर्ती खान निषेधित क्षेत्र तोक्नुपर्ने व्यवस्था छ । सोही ऐन बमोजिम असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी गुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ सेवनमा प्रतिवन्ध लाग्ने भएको छ । सूचनाबमोजिम नियम पालना नगर्नेलाई कारबाही र जरिवाना गरिने समेत महानगरपालिकाले जनाएको छ