नेताको पछाडि लाग्ने स्वार्थी कार्यकर्ताले गर्दा , पार्टी बदनाम हुन पुगेको छ । नेता भन्दा नि , नेताको अगाडि पछाडि लाग्नेहरुमा स्वार्थ पन बढी देखिएको छ !! म यो नेताको पछि लाग्छु अनि वडा अध्यक्षको टिकट लिन्छु , पालिकाको मेयर , अध्यक्षको टिकट लिन्छु , नेताकै साहारामा ठेक्का पट्टा गर्छु , व्यापार गर्छु , टन्न पैसा कमाउँछु भन्ने सोच अबस्य लिएर हिँडेको देखियो !!
आफुले सोचेको कुरा पनि सफल हुँदै जान्छ , स्वार्थ पूरा गर्दै जान्छ , बिचमा फेरि आफुले सोचेको जस्तो भएन भने , ती ब्यक्ति हरु कि पार्टी छोर्छन , कि त पार्टीकै उमेदवार हराउन लाग्छन , कि त ती नेता बाटै टाढा हुँदै जान्छन !! अहिलेको स्थानीय निर्बाचनले त्यही देखायो !!
जो ब्यक्ति पार्टी प्रती बफादार छ , जस्तो सुकै अप्ठ्यारा सप्ठ्यारा होस , पार्टीले टिकट देओस नदेओस , जस्तो सुकै परिस्थितिको सामना गर्न परे पनि पार्टी प्रती बफादार सिपाही हरुको बलिदानी र संघर्ष पुर्न यात्राको कारणले गर्दा , आफू लागेको पार्टीको अस्तित्व अबस्य जोगेको छ !! यस्मा भने नेताहरुको ध्यान अबस्य जान जरुरी छ !!
जो नेता सदैब जनता संग नजिक रहन्छ , जनताको सुखदुःखमा साथ दिई रहन्छ , जस्तो सुकै आपत बिपतमा पनि जनताको मलम पत्ती लगाउन सरिक भैरहन्छ , समाजमा परिबर्तनको खातिर बिकासका पुर्बाधारहरु लाई बिशेष महत्त्व दिने नेताको पछि अबस्य लाग्नु पर्दछ !! गलत क्रियाकलापमा नेता अगाडि बढ्छ भने असल कार्यकर्ताको हैसियतले खबरदारी पनि गर्न सक्नु पर्दछ !!
पार्टी भित्र नेता र कार्यकर्ता बिच कतिखेर खटपट हुने हो , कतिखेर नजिक कतिखेर टाढा गराउने हो , यो सबै ३स्वार्थि भाबना को सोचको कारणले गर्दा हुन्छ !! नेताले कार्यकर्ताको भावना बुझ्नु पर्दछ , कार्यकर्ताले नि नेताको भावना बुझ्नु पर्दछ !! देश र जनता प्रती बफादार नेताप्रती आगामी प्रदेश र संघिय चुनावमा जनताले न्याय गर्ने छन , देश र जनता प्रती बफादार छैन भने त्यस्तो नेता प्रती आफ्नै कार्यकर्ता पनि बाधक हुनेछन !!
यो ३स्वार्थ भन्ने शब्द लाई भित्री मन देखिनै हटायो भने सबै ठिक हुँदै जाने छ !! पार्टी भित्र तितामिठा गुनासा हरु पनि हुन्छन , यस्ता तितामिठा गुनासाहरु लाई समिक्षा गर्दै , सानातिना झिनामसिना कुरामा नअल्झिकन , पार्टी लाई सुधृदिकरण सबलिकरण गर्दै सबै नेताकार्यकर्ताहरु एक ढिक्का भएर अगाडि बढेको हेर्न पाउँ !! शुभकामना
प्रेम कुमार दंगाल
बागमती प्रदेश प्रतिनिधि ,
नेपाली कांग्रेस सिन्धुपाल्चोक
