सम्पर्क

मेलम्ची७ दुवाचौरमा भलीबल प्रतियोगिता हुने

 

सिन्धुपाल्चोक जिल्लाको मेलम्चीनगरपालिकामा ७ दुवाचौरमा जिल्ला स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता असोज १३ देखि असोज १५ गतेसम्म मेलम्चीनगरपालिकामा ७  दुवाचौर खेल मैदानमा हुने भएको हो । दुवाचौरमायोङ स्टार युवा क्लब मेलम्ची ७ को आयोजनामा हुने उक्तप्रतियोगितामा प्रथम हुनेले नगद ७० हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भने द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः ४० हजार, २० हजार र १० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।प्रतियोगितामा सहभागी हुन प्रत्येक टिमलाई टिम दर्ता दस्तुर ३ हजार लाग्ने संयोजक जय बहादुर तामाङले जानकारी दिनुभयो ।देशको राष्ट्रिय खेल भलिबल भएको तथा सिन्धुपाल्चोक जिल्लाभित्र भलिबल खेलाडीहरू धेरै रहेकाले युवा खेलाडीहरूको मनोबल बढाउन प्रतियोगिताको आयोजना गरिएको आयोजकको भनाइ रहेको छ ।यो प्रतियोगितामा जिल्ला बाहीरका खेलाडी समाबेश गरिने छैन भने जिल्ला भित्रका जुनसुकै संघ सस्था बिद्यालय क्लब समुह हरुले भाग लिन पाउँने संयोजक जयबहादुर तामाङले बताउँनुभयो ।उँहाका अनुसार असोज १२ गते भित्र समुह दर्ता गरि सक्नु पर्ने छ ।