बाल दिबस भदौ २९ गतेको दिन सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १३ ठूलोसिरुवारी बालमैत्री वडा घोषणा हुने भएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले एक समारोहका बिच बालमैत्री वडा घोषणा हुन लागेको वडा नं १३ बाल संरक्षण समितीका अध्यक्ष हरी बिक्रम नेपालले जानकारी दिनु भयो ।यँहा पनी थिच्नुहोस अनी पढ्नुहोसबालमैत्री स्थानीय शासनको अवधारणा यो वडा लाइ बाल मैत्री वडा घोषणा भए पछी जिल्लाकै पहिलो बाल मैत्री वडा हुने भएको छ ।५८ औं राष्ट्रिय बाल दिवसको अवसरमा आउँदो २९गतेका दिन बालमैत्री वडा घोषणा गर्न लागिएको बताउँदै वडा अध्यक्ष रामप्रसाल गौतमले वडाले बालमैत्री वडा घोषणा गर्न का लागी ५१ वटा सूचक पुरा गर्नु पर्ने हुन्छ । यो सुचक पुरा गरिसकेको हुँदा बाल मैत्री वडा घोषणा गर्न लागीएको गौतमले बताउँनु भयो । वडा बालसंरक्षण समितिका अनुअसार वडामा बालविबाहमा न्यूनिकरण तथा आर्थिक वर्ष २०७८÷०७९ मा कुनै पनि बालबिबाहको घटना भएको पुष्टि भएको छैन । बाल सञ्जाल तथा वडा कार्यालयहरूमा रहेको तथ्याङ्कमा बालिबिबाहको घटना फेला नपरेको उल्लेख छ । जम्मा घरधुरी संख्या १ हजार २ सय ६९ रहेको उक्त वडामा ३ हजार ८ सय ८७ जनसंख्या मध्ये बालक ७६० र बालिका ७०० रहेको वडा तथ्याङ्का उल्लेख छ ।बालबालिका सम्बन्धि एन २०४८ को लामो अभ्यास समेत गरि केन्द्र, जिल्ला र स्थानीय तहमा समेत केन्द्रीय बाल अधिकार समिति, जिल्ला बाल समिति तथा गाउँबाल संरक्षण समितिको संरचना निर्माण मार्फत बालकालिको सर्बाङ्गीण विकासका लागि भन्दै बालमैत्री घोषणा कार्यक्रम वडा तहसम्म बजेट व्यवस्था गरी बालबालिकको अधिकार निश्चिततको लागि केन्द्रमा राष्ट्रिय बालअधिकार परिषद, प्रदेश बालअधिकार समिति तथा स्थानीय तहमा स्थानीय बाल अधिकार समतिको समेत व्यवस्था गरेको छ ।
