सम्पर्क

मेलम्चीमा करेन्ट लागेर एक जनाको मृत्यु

मेलम्चीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मेलम्ची १३ फट्कशिलामा ट्रान्सफर्मर मर्मत गर्ने क्रममा डिओ फुटेर करेन्ट लाग्दा नेपाल विद्युत प्राधिकरण मेलम्ची हेलम्बु वितरण केन्द्रका कर्मचारी ईश्वर गुरागाईँको मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक उत्तमसिंह भण्डारीले जानकारी दिनुभयो । करेन्ट लागेर धुलिखेल अस्पतालमा उपचार क्रममा  भएको प्रहरीले जनाएको छ ।