सम्पर्क

एसईइमा जिल्ला उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान

सिन्धुपाल्चोक जिल्लाबाट एसइइ परिक्षामा सहभागी भइ उत्कृष्ट नतिजा ल्याउन सफल दिक्षिका पराजुली र रामकृष्ण विकलाई नगद सहीत सम्मान गरिएको छ ।
जिल्लाबाट उत्कृष्ट परिक्षार्थिको रुपमा उतिर्ण भएकी बालशिक्षा माध्यमिक विद्यालयकि दिक्षीका पराजुली र ३ दशमलव ८ जिपिए सहित उत्कृष्ट नतिजा ल्याउन सफल सदावहार एकेडेमीका रामकृष्ण विकलार्इ
जनहि ५१ हजार रुपैयाँ नगद सहित दाडीचौयरमा एक समारोहका बिच सम्मान गरीएको हो । नेपालको सिन्धुपाल्चोकमा जन्म थलो रहेर अमेरिकामा कर्म थलो बनाएका नेपाली नागरिकहरुको संस्था सिन्धु यूएसए वेलफेयर सोसाइटीले सिन्धुपाल्चोक जिल्लाबाट २०७८ सालको माध्यमिक शिक्षा परिक्षा (क्भ्भ्० परिक्षामा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने छात्रछात्रालाई सम्मान गरेको हो । सिन्धुपाल्चोकबाट ४२४० जना विद्यार्थी एसइइ परिक्षामा सहभागी थिए ।
शनिबार सिन्धुपाल्चोकको खाडिचौरमा आयोजित सम्मान कार्यक्रममा सोसाइटीको संरक्षणमा अध्ययन गरिरहेका अभिभावक विहिन १२ जना विद्यार्थीहरुमध्ये उच्च माध्यमिक तहको शिक्षा पूरा गरेका ३ जना विद्यार्थीहरुलाइ समेत सम्मान सहित विदाइ गरिएका हो ।
सोसाइटीका संस्थापक अध्यक्ष बंशलाल तामाङको सभापतीत्वमा भएको कार्य क्रममा प्रमुख अतिथीको आशनबाट सम्मान कार्यक्रममा बोल्दै उघोग बाणीज्य सघंका अध्यक्ष होम बहादुर बस्नेत (राजकुमार)ले काठमाण्डौमा बसेर उच्च शिक्षा हासिल गर्नका लागी आर्थीक स्थिती कमजोरी रहेकाहरुलाई पढ्नका लागी रोजगारको ब्यबस्था गरिदिने बताउँनु भयो ।
कार्यक्रमका बिशेष अतिथी शिक्षा सम्मन्वय इकाइका सिन्धुपाल्चोकका पमुख कृष्ण प्रसाद सुबेदी ले पहीलो खुडकीलो सफलतामा रहेको भएता पनी आगामी दिनमा पनी यसै गरी मेहनत गर्दे गए मात्र सफलतामा पुगिने बताउँनुभयो ।
कार्यक्रममा बलेफी गाँउपालिकाका वडा नं ७ का अध्यक्ष गृबिन्द चौलागाइले आपफुले शिक्षा क्षेत्रमा सहयोग गरेको फल भनेकै उत्कृष्ठ हो त्यसैले शिक्षामा लगानी मात्र होइन शिक्षा सिकाइमा पनी भर पर्ने आफुले महशुस गरेको बताउँनु भयो । प्याब्शन सिन्धुपाल्चोकका अध्यक्ष ओम प्रकाश उप्रेतीले निजी बिद्यालयले पनी उत्कृष्ट लाइ सामुदायक बिद्यालय जस्तै छात्रबृत्तीको ब्यबस्था गरेर शिक्षा सिकाइ गरिरहेको बताउँनुभयो ।
यसै गरि सदावहार एकेडेमीका प्रिन्सीपल दुर्गा थापाले सर्टीफीकेट हातमा लिएर मात्र हुदैन काम पनी सिक्न पर्छ भन्दै प्रमाण पत्र छ तर काम गर्न जान्दैन भने प्रमाण पत्रको महत्व नहुने बताउँनुभयो ।
बालशिक्षा माध्यमिक बिद्यालयका बासु पौडेलले आफ्नो बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुले यसरी उत्कृष्ट हुदा आफै भए जस्तो लाग्ने बताउँनुभयो । यसै गरी सिन्धु सोसाइटी अमेरिकाद्वारा घोषणा गरियको सम्मान कार्यक्रममा आफुहरु सम्मानीत हुन पाएकोमा अत्यन्तै हर्षीत भएको बताउँदै आफु पनी यो सम्मानलाइ सिन्धुको नाम उच्च हुने गरी अगाडी बढ्नेसम्मानीत छात्रा दिक्षीका पराजुलीले बताउँनुभयो । इसै गरी अर्का सम्मानति छात्र रामकृष्ण विकले पनी भविष्यमा सिन्धुको नाम उच्च हुने गरीकाम गर्ने बताउँनुभयो । सभापतीको आशनबाट बोल्दै सिन्धु सोसाइटी अमेरिकाको नेपालका प्रतिनिधि प्रमुख तथा संथाको संथापक अध्यक्ष बंसलाल तमाङ बंशलाल तामागंले अमेरिकामा रहेर जन्मथलोका बिद्यार्थीहरुलाइ सहयोग गर्नका लागी साथीहरुले गरेको पहलका कारण सिन्धुपाल्चोक जिल्लाका बिद्यार्थीहरुलाइ धरै सहयोग भएको बताउँनु भयो । उँहाले सिन्धुपाल्चोक जिल्लाबाट एसइइ मा उत्कृष्ट अंक ल्याउने छात्र छात्रालाई सम्मान गर्न पाउँदा खुशी लागेको बतउँदै आगामी दिनमा अझ प्रगतीको कामना गर्नु भयो । माधव नेपालले सञ्चालन गर्न‘ भएको कार्यक्रम मा भुपेन्द्र भण्डारीले संयोजन गर्नु भएको थियो ।