सम्पर्क

नेकपा एमाले इन्द्रावतीमा आचार्यको संयोजकत्वमा ६०१निर्वाचन समितीघोषणा

नेकपा एमाले इन्द्रावती गाँउपालिकाका प्रबक्ता समेत रहनु भएका पालिका कमिटीका अध्यक्ष शशिनाथ आचार्यको संयोजकत्वमा ६०१ सदस्यीय निर्वाचन मुल परिचालन कमिटी घोषणा गरिएको छ जसमा पालिका कमिटी र मातहत कमिटीका सबै पार्टी सदस्य र जनवर्गीय संगठन, इन्द्रावती काठमाडौं सम्पर्क मञ्चका नेतालाई समेत समेटेर ६०१सदस्यीय समिती बनाइएको समाचार प्राप्त भएको छ । शनीबार पाटी नेता माननीय शेर बहादुर तामागंको प्रमुख अतिथ्यतामा भएको नेकपा एमाले इन्द्रावतीको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उक्त घोष्णा गरिएको हो । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि इन्द्रावती दर्जनौ एमालेमा प्रवेश गर्नुभएको छ। कार्यक्रममा पार्टीका नेताहरू दावा तामाङ, डम्बर अर्याल, हस्त पंडित, झम्क नेपाल लगायतका प्रदेश कमिटी, जिल्ला कमिटी, जन वर्गीय संगठनका नेताहरु लगायतको उपस्थिति रहेको थियोे । भेला मार्फत पालिका कमिटीले ३ महिने अभियान घोषणा गरेको छ । जस अनुसार असोज महिना पार्टी प्रवेश अभियानको महिना तथा जनसंगठन परिचालनको महिना हुनेछ । कार्तिक निर्वाचन प्रचारको उत्कर्षको महिना र मंसिर महिना विजयोत्सवको महिनाका रुपमा अघि बढाइने भएको छ । चाडपर्वका अवसरमा सबै वडा कमिटीले शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने, असोज ७ भित्र वडाको प्रशिक्षण सम्पन्न गर्ने निर्णय गरिएको साथै पार्टी एकता अभियान मार्फत एमाले प्रवेश गर्नुभएका राम बहादुर मल्ल, हेमनाथ भट्टराई र अशोक कोइरालालाई पालिका कमिटीमा जिम्मेवारी ब्यवस्थापन गरिएको नेकपा एमाले इन्द्रावती गाँउपालिकाले जनाएको छ।