सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका कुबिण्डेमा नेकपा एमालेको भेला तथा नबप्रबेशीहरुलाइ स्वागत कार्यक्रम गरिउको छ । शनिवार नेकपा एमाले चौतारा साँगाचोकगढी वडा नं ४ कुभिण्डेको वडा भेला तथा पार्टीमा स्वागत कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता तथा चौतारा साँगाचोकगढी नगरपालिकाको पूर्व नगर प्रमुख अमानसिं तामाङसहितका माओवादी नेताहरु एमालेमा प्रबेश गरेका कारण नव प्रबेशी नेता तथा कार्यकर्ताहरुलाई स्वागतार्थ आयोजना गरिएको सो कार्यक्रममा बोल्दै पुर्ब नगरप्रमुख तामाङले माओवादीले आफ्नो मुद्दा भूलेर परिवारवादमा सीमित भएको बताउँदै माओबादीले सर्बसधरणलाइ धोका दिएको बताउँनु भयो । आगामी निर्वाचनबाट एक्ला एक्लै निर्वाचनमा गए माओवादीको अवस्था छर्लङ्ग हुने र कुभिण्डेमा एमाले पहिलो पार्टी हुनबाट कसैले रोक्न नसक्ने बताउँनु हँदै तामागंले ‘देशको वर्तमान अवस्थामा नेकपा एमाले नै सच्चा कम्युनिष्ट, राष्ट्रवादी र विकासपे्रमी पार्टी हो भन्ने प्रष्ट छ’– भन्नुभयो । उहाँले अपराध ढाक्न गठवन्धन गरेको समेत आरोप लगाउनुभयो ।

वडा भेलाले सलन तामाङको अध्यक्षतामा सुमन नेपाल उपाध्यक्ष, राजकुमार दाहाल सचिव गरी तीस सदस्यीय वडा स्तरीय राष्ट्रिय युवा संघ समेत घोषणा गरेको छ ।
कार्यक्रममा स्थानीय निर्वाचन २०७९ मा सो वडाका उम्मेदवार तथा एमाले चौतारा साँगाचोकगढी ४ का अध्यक्ष राजु श्रेष्ठले अव छिटै कुभिण्डेमा माओवादीलाई टर्च बालेर खोज्नुपर्ने अवस्था आउने बताउनुभयो । ‘कुभिण्डेका जनताले उन्मुक्ति खोजेका छन अव त्यो वातावरण एमालेले तय गरेको छ, माओवादीले अव धावा बोल्न सक्दैन ।’– श्रेष्ठले भन्नुभयो । कार्यक्रममा नेकपा एमाले सल्लाहकार परिषद सदस्य कृष्णराज श्रेष्ठ, बागमती प्रदेस सदस्य होमनारायण श्रेष्ठ, टपिन्द्र तिमल्सिना, इन्द्र नेपाल, वालकुमारी सापकोटा, नगर कमिटी अध्यक्ष खिलवहादुर श्रेष्ठ, युवा नेता रघुसिं तामाङ, छत्र तामाङलगायत तीन सय वढीको उपस्थिति रहेको थियो भने केन्द्रीय सदस्य शरेस नेपालको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको थियो ।
