सम्पर्क

भेटेकोशकिो चौरीखर्कमा मानव कंकाल फेला

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको चौरी खर्क भन्ने स्थानमा अपरिचत मानब कंकाल भेटीएको छ । भोटेकोशी गाँउपालिका वडा नं ४ चौरी खर्कमा शुक्रबार मानव कंकाल फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा कार्यरत प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनु भएको छ । उँहाका अनुसार चौरी राख्ने गोठ खर्कमा दाउराको चाङ्गमुनी मानब कंकाल भेटीएको खबर प्राप्त भए पछी प्रहरी टोली गइ कानुनी प्रकृया पुरा गरी डिएनए परीक्षण गरिन लागेको बताउँनु भयो । सडेगलेको अबस्थामा भेटीएको टाउकोको कंकाल नजिकै सिलाएको कपडाको पाइन्ट र टिसर्ट फेला परेकोले उक्त कंकाल पुरुषको हुनसक्ने तर यकीन भने नभएको थापाले बताउँनु भयो । मानव वस्ती नभएको क्षेत्र मा भेटीएको कंकाल हेर्दा पुरुष वा महिला के हो भनेर छुट्याउन सक्ने अवस्था छैन । बाह्रबिसेबाट लगभग आठ घण्टाको पैदल हिडे पछी पुगिने उक्त क्षेत्र पुरै जंगली क्षेत्र अर्थात चौरीहरूको खर्कको क्षेत्र हो । प्रहरीले घटनास्थलबाट फेला पारेको हड्डी र कंकाल डिएनए परीक्षणको सुरक्षित राखेको र कानुनी प्रकिया अगाडी बढाइ प्रहरी अनुसन्धान थालिएको थापाले बताउनुभयो ।