सम्पर्क

यु एम ११ औ सभा राकेश श्रेष्ठ लगायत चौताराको शाखा नै सम्मानीत

काभ्रेपलाञ्चोक जिल्लामा प्रधान कार्यलय राखी सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा शाखा सञ्चालन गर्दै आएको यु.एम.बचत तथा ऋण सहकारी संस्था लिमिटेड चौतारा शाखाले बिभिन्न ब्यक्तीत्वलाइ सम्मान गर्दै मगंलबार आफ्नो ११ औं वार्षिक साधारणसभा गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ का अध्यक्ष शिव श्रेष्ठको प्रमुख अतिथ्यतामा र पुर्ब अध्यक्ष नरमान श्रेष्ठको बिशेष अतिथ्यतामा सम्पन्न सभाले बाल बचतकर्तामा सबै भन्दा उत्कृष्ट अरुण श्रेष्ठ, ऋणीमा उत्कृष्ट राकेश श्रेष्ठ, नियमित बचतकर्तामा जनक श्रेष्ठ, उत्कृष्ट शेयर खरिदकर्तामा गम्भीर राना, जेष्ठ सदस्यमा नारायणबहादुर श्रेष्ठ, उत्कृष्ट कर्मचारीमा मुना तामाङलाई सम्मान गरेको छ । मूख्य कार्यालय काभ्रेको बनेपामा रहेको उक्त सहकारीको ८ वटा शाखा रहेको सहकारी मध्ये चौतारा शाखा उत्कृष्ट भई सम्मानित समेत भएको छ । शाखा प्रमुख रामकृष्ण कार्र्कीलाई सहकारीको अध्यक्ष रामशरण श्रेष्ठले कार्यक्रममा सम्मान गर्नु भएको छ । सहकारीका अध्यक्ष रामशरण श्रेष्ठको अध्यक्षतामा भएको सभामा बोल्दै प्रमुख अतिथी वडा अध्यक्ष श्रेष्ठले चौतारा बजारको पार्किङलाई व्यवस्थित बनाउन ५० हजार बराबरको ३० वटा नो पार्किङ बोर्ड समेत राखेर सहकारीले वडाको कार्यक्रममा सहयोग गरेकामा धन्यबाद दिदै पारदसीृतामा ध्यान दिन अनुरोध गर्नु् भयो । सहकारीले ले सहकारीले पार्किङलाई व्यवस्थित गर्नेजस्ता सामाजिक कार्यमा समेत अग्रसर रहेको भन्दै विशेष धन्यवाद समेत दिनु भयो । कुल पुँजी ९२ करोड रहेको सहकारीको १७ हजार बढी शेयर सदस्य मध्ये चौतारा शाखामा २६ सय शेयर सदस्य रहेको शाखा प्रमुख रामकृष्ण कार्र्कीले जानकारी दिनु भयो ।साधारणसभामा चौतारा साँगाचोकगढी नगरपालिका वडा नं। ५ को पूर्व अध्यक्ष नरमान श्रेष्ठ, सहकारीको प्रमुख कार्यकारी अधिकृत रोशन श्रेष्ठ लगायतले शुभकामना ब्यक्त गर्नु भएको थियो ।