सिन्धुपाल्चोक बलेफी गाउँपालिकाको उपाध्यक्षद्धारा विद्यालयको छड्के अनुगमन तथा स्थलगत निरिक्षण गर्नु भएको छ । बलेफी गाउँपालिकाको वडा नं. ७ स्थित सरस्वती माध्यमिक विद्यालय र वडा नं. ८ स्थित जनचेतना आधारभुत विद्यालयमा गाउँपालिका उपाध्यक्ष सरु लामा तामाङले छड्के अनुगमन गरेको छ । गाउँपालिकाद्वारा बजेट व्यवस्थापन गरिएको दिवा खाजाको स्वच्छता, शैक्षिक गुणस्तरको स्थिति, विद्यालय, शिक्षक, विद्यार्थीहरुको अवस्थाकोबारे आवश्यक अनुगमन गरेको उपाध्यक्ष तामाङले बताउनुभयो । उहाँले विद्यालयको समस्याहरुको बारेमा समेत जानकारी लिँदै उक्त विषय सुधारका लागि आगामी कार्यपालिका बैठकमा प्रस्तावको रुपमा उठाउने र समाधानका लागि आफ्नो तर्फबाट कटिबद्ध भई अघि बढ्ने पुर्ण प्रतिबद्धता जनाउनुभयो । यसरी अचानक विद्यालयको छाड्के अनुगमनमा पुग्नुभएका उपाध्यक्षको काम देखेर स्थानीय शिक्षा प्रेमी एवं युवा नेता शंकर कार्कीले खुलेर प्रशंसा गर्नुभएको छ । कार्कीले जनप्रतिनिधि भएपछि शैक्षिक स्थिति, विद्यालयको अवस्था, समस्या के कस्तो छ भनी स्थलगत रुपमा हेर्न र महशुस गर्न यसरी नै बेलाबेला छड्के अनुगमन गर्नु उपयुक्त हुने धारणा राख्नुभयो । अनुगमन गरिएको विद्यालयहरुका राम्रा पक्षलाई निरन्तरता दिन प्रशंसा गर्दै नराम्रो पक्षको सुधार गर्न आवश्यक सल्लाह, सुझाव दिनुभएको छ ।
