सम्पर्क

कांग्रेस नेता बस्नेत र मुख्यमन्त्रीबीच भेट ४ करोड निकाशा

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी गाउँपालिका क्षेत्रको बाढीपहिरो नियन्त्रणका लागि तत्कालका लागि १० करोड बजेट विनियोजन भएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक जिल्लाको विकास र बजेटका विषयमा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेसँग भेटवार्ता गर्ने क्रममा मुख्यमन्त्री पाण्डले बस्नेतको मागको सम्बोधन गर्दै पाण्डेले तत्काल ४ करोड बजेट सो क्षेत्रमा गइसकेको बताउँनु भयो । पाण्डेले १० करोड तुरुन्त कार्यान्वयन गर्नका लागि पनि सम्बन्धित निकायलाई निर्देशन दिनुका साथै थप बजेट निकासा गर्ने प्रतिवद्धता समेत जनाउनुभएको छ। नेता बस्नेतले सिन्धुपाल्चोकका दुबै क्षेत्रको विकासमा बराबरी बजेट दिनुपर्ने र प्राथमिकताका आधारमा काम अगाडि बढाउनुपर्ने मग गरेको बस्नेतका स्वकीय सचिव रामेश्वर आचार्य ले जानकारी दिनुभयो। उँहाका अनसार हेटौँडाको बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मंगलबार कार्यकक्षमा भएको भेटवार्तामा सिन्धुपाल्चोक जिल्लाको समग्र विकासका विषयमा छलफल भएको छ नेता बस्नेतले मख्यमन्त्री पाण्डेसँग सिन्धुपाल्चोकका बाढीपहिरो पीडित तथा भत्किाएका संरचना बनाएर बाढीपहिरो रोकथामका विषयमा विशेष आग्रह गर्नुभएको छ।बस्नेतले बाह्रविसे, भोटेकोशी, त्रिपुरा, सुनकोशी, बलेफी, जुगल लगायतका पालिकाहरुका का समस्याका बारेमा पनी जानकारी गराउँनुभएको थियो ।छलफलकै क्रममा नेता बस्नेतले हेटौँडादेखि काठमाडौं जोड्ने सडकको स्तारोन्नतिका लािग समेत आग्रह गराउँनु हँुदा मुख्यमन्त्री पाण्डेले केही रकम छुट्याएर काम गरिरहेको र सडक स्तारोन्नतिका लागि काम गरिरहेको जानकारी दिनु भयो । नेता बस्नेत सँग कांग्रेस नेता विनोद जिसी, जिल्ला सदस्य कृष्णकुमार तामाङ (समिर), प्रदेश प्रतिनिधि मनोज तामाङ, प्रदेश प्रतिनिधि एवम् सञ्चारकर्मी रामचन्द्र दुलाल, क्षेत्रीय प्रतिनिधि ज्ञानेन्द्र थापा, कांग्रेसका कार्यकर्ता रामहरि बुढाथोकीलगायतका नेताहरु सहभागी रहेको सञ्चार कर्मी रामचन्द्र दुलालले जानकारी दिनु भयो ।