सम्पर्क

ब्रेकिङ न्युज २

उद्यमशिलकोे ११ आंै बार्षिक साधारण सभा सम्पन्न

ब्रेकिङ न्युज २, समाचार
एकराज श्रेष्ठ दोलालघाटमा रहेको उद्यमशिल बचत तथा ऋण सहकारीक संस्थाको ११ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । पुर्व श्रमराज्य मन्त्रि गोबिन्दनाथ उप्रेतीको प्रमुख आतिथी र अतिथि दोलालघाट उधोग बाणिज्य संघका अध्यक्ष सुरेश कुमार कक्षपति, जिल्ला समंवयन समिती काभ्रेका सदस्य एंव नेकपा एमाले भुम्लुका इन्चार्ज प्रेम लामा, दुलाललेश्वर साकोसका अध्यक्ष, लगायतको आतिथ्यतामा शनिबार सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै संस्थाले स्थापना कालदेखि हालसम्म एघार चोटि नै आफुलाई प्रमुख अतिथी बनाएकोमा गौरव गर्दै संस्थाको प्रगतिका हरेक गतिविधीहरु हरेक बर्ष प्रशांसा योग्य भएको बताउदै थप सफलताको शुभकामना ब्यक्त गनुभयो । संस्थाका अध्यक्ष गोविन्द प्रसाद पराजुलीले कार्यक्रमको सभापतित्व गर्दै संस्थाको कार्य नीति गत बर्षको तुलनामा प्रगतिपथमा लागी रहेको बताउनुभयो । उहाँले “जन्म देखि मृत्यु सम्म ...

मेलम्चीमा पूर्वप्रधानमन्त्री भट्टराईको पूर्णकदको शालिक

ब्रेकिङ न्युज २, समाचार
प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँको सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनको पानी प्रशोधन केन्द्र परिसरमा पूर्वप्रधानमन्त्री एवं सन्त नेता कृष्णप्रसाद भट्टराईको पूर्णकदको शालिक अनावरण गर्नुभएको छ । विसं २०४६ को जनआन्दोलनपछि गठित अन्तरिम मन्त्रिपरिषद्का प्रधानमन्त्री स्वर्गीय भट्टराईले ३० वर्षअघि मेलम्चीको पानी काठमाडौँ ल्याउने परिकल्पना गर्नुभएको थियो । सन्त नेता भट्टराईले देख्नुभएको सपना राजधानीवासीले मेलम्चीको पानी पाएसँगै साकार भएको भन्दै खानेपानी मन्त्रालयले सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा उहाँको पूर्णकदको सालिक निर्माण गरेको हो । शालिक अनावरण कार्यक्रममा प्रधानमन्त्री देउवाले खानेपानी समस्याको दीर्घकालीन समाधानलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो । विसं २०७७ मै मेलम्चीको पानी काठमाडौँ उपत्यकामा वितरण सुरु भएकामा २०७८ असार १ गतेको बाढीले पु¥याएको क्षतिका कारण बन्...

गुणस्तरीय शिक्षाका लागि स्याउलेमा अन्तरक्रिया छलफल

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
गुणस्तरीय शिक्षाका लागि शिक्षक, अभिभावक,स्थानिय निकायको भुमिका विषयक एक दिने छलफल कार्यक्रम गरिएको छ । गुणस्तरीय शिक्षाका लागि स्याउलेमा अन्तरक्रिया छलफल आदिवासी जनजाति महिला उत्थान केन्द्रको आयोजनामा ,सक्रिय किशोर किशोरी समुहसँगको समन्वयमा गुणस्तरीय शिक्षाका लागि शिक्षक,अभिभावक,स्थानिय निकायको भुमिका विषयक एक दिने छलफल कार्यक्रम सञ्चालन गरिएको हो । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १ स्याउलेमा शुक्रवार कार्यक्रम सञ्चालन गरिएको कार्यक्रमको प्रमुख अतिथी आदिवासी जनजाति महिला उत्थान केन्द्र संस्थाका अध्यक्ष पानमाया तामाङको सभापतित्वमा भएको कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिका वडा न.ं १ का वडा अध्यक्ष युवलाल श्रेष्ठ, प्रमुख अतिथिको भुमिकामा रहनु भएको थियो । कार्यपालिका सदस्य खिलकुमारी कार्की, वडा सदस्य उमा परियार,कालुमान वि.क, श्री सेती देवी मा.वि का प्र.अ सालिकराम वली, लगायत सक्रिय किश...

सार्वजनिक जग्गा अतिक्रमण गर्दा स्थानियहरु आक्रोसित

ब्रेकिङ न्युज २, समाचार
काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउपालिका वडा न १ मा सार्वजनिक जाग्गा अतिक्रमण गरी पक्की घर बनाउन लाग्दा स्थानियहरु आक्रोसित भएका छन । त्यहाँ स्थित सञ्चारकर्मी कर्म लामाका अनुसार भुम्लु गाउँपालिका वडा नम्बर १ सापिङ मा श्री सेती देबी आधारभुत बिद्यालयको कित्ता नम्बर ३५५ को जग्गा अतिक्रमन गरी पक्की घर बनाईएको छ । यसरी घर बनाउने काम भएको स्थानियले वडा कार्यलयमा जानकारि गराउदा समेत वास्था नगरेपछि स्थानिय आक्रोसित भएका हुन । यसरी बनाउन लागेको घरको बिरुद्दमा स्थानियले आवाज उठाई पटक पटक रोक्न लाउन जानकारी दिदा पनि वडा अध्यक्षले अटेर गरी ऊल्टै छिटो छिटो काम सकाउनु भनी आदेश दिएको भन्ने सामाजिक सञ्जालमा पोष्ट भएपछि गाउँपालिकाका अध्यक्ष प्रेम भुजेलसँग सम्पर्क गर्दा उँहाले आजैबाट भवन निर्माणमा रोक लगाईएको र उक्त भवन निर्माण भएको जग्गा कसको नाममा छ या अरुको जग्गामा भवन निर्माण गरिएको छ कि छैन तत्काल छानब...

पाँचपोखरी थाङ्पाल गाउँपालिकामा जारी खेलको फाइनलमा भोताङदेवि र थाङ्पाल भ्याली भिड्ने

खेलकुद, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
पाँचपोखरी थाङ्पाल गाउँपालिकामा जारी चाइल्ड रिच फिस्टा २०२२ को उपाधीका लागि श्री भोताङदेवि माध्यमिक विद्यालय र श्री थाङ्पाल भ्याली माध्यमिक विद्यालय  भिड्ने छन् । चाइल्ड रिच नेपालको आयोजनामा भएको प्रतियोगितामा गाउँपालिकाका ६ वटा विद्यालयको सहभागिता रहेको भोताङदेविका कोच शिक्षक अजय धितालले जानकारी दिनुभयो ।  फाइनल खेलसँगै जनचेतना मुलक नृत्य,नाटक सहित अन्य कार्यक्रम हुने धितालले जानकारी दिनुभयो । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाको प्रमुख आतिथ्यता गाउँपालिकाका अधयक्ष टासि लामाको विशेष आतिथ्य तथा वडा अध्यक्षहरुको उपस्थितिमा हुने कार्यक्रममा छात्र, छात्रा दुवैतर्फको फाइनल प्रतियोगिता हुनेछ । विद्यार्थीहरुले आफ्नो समुदायमा रहेको मनोविज्ञान लाई बुझ्न र एक आपसमा खेलकुदको माध्यमबाट मित्रता कायम गर्ने उद्धेश्यले कार्यक्रम गरिएको आयोजकले जनाएकोछ । संस्थाले विगत लामो समयदेखि गाउँपालिका भित्र...

२४ वर्ष पछि फरार अपराधी पक्राउ

ब्रेकिङ न्युज २, समाचार
ठगि मुद्दामा २४ वर्षअघि सजाय सुनाइएका बृष बहादुर गोले तामाङलाई पक्राउ परेका छन् । सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं.५ गुन्साका ५५ वर्षीय तामाङलाई फरार रहेको २४ वर्ष पछि जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले पक्राउ गरेको हो । उनलाई सम्मानित उच्च अदालतको मिति २०५५ असार १० गतेको फैसलाले ठगि मुद्दामा जरिवाना रु.५३४२५।– (त्रिपन्न हजार चार सय पच्चीस) सजाँय भई तोकिएको प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिनुभयो । बिहिबार ११ः०० बजेको समयमा काठमाण्डौ गोकर्णेश्वर नगरपालिका वडा न.४ स्थित माकलवारीबाट पक्राउ गरी सिन्धुपाल्चोक जिल्ला अदालतमा दाखिला गरी जरिवाना असुल भई बिहिबार नै छुटी गएको बुढाथोकीले बताउनुभयो ।...

बिश्व खाद्यद्धारा दिवा खाजाको बारेमा छलपफल

#, जिबनशैली, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार, स्वास्थ्य
बिश्व खाद्यद्धारा विद्धालय दिवा खाजाको बारेमा छलपफल भएको छ ।नेपाल सरकारले शिक्षा बिकासका लागी बिभिन्न कार्यक्रम लागु गर्दे आएको छ । यसै सिलसिलामा बिद्यालयमा अध्ययनरत बालबालीकाहरुका लागी दिवा खाजा समेतको ब्यवस्था गरेको छ । यो दिवाखाजा व्यस्थापनका लागी स्थनीय सरकार गठन नहुँदाको अबस्था सम्म सहकारीको माध्ययमबाट खाजा व्यवस्थापन गरिएको थियोे भने अहीले स्थानीय सरकार आफैले गरेका छन ।     यसैसन्धर्भमा सिन्धुपाल्चोक जिल्लाको सदर मुकाम चौतारामा बिद्यालय दिवा खाजा सञ्चालन कसरी सञ्चालित भयका छन र अझ कसरी राम्रो गर्न सकिन्छ भन्ने बिषयमा छलफल भएको छ । छलफलमा जिल्ला शिक्षा बिकास तथा सम्मन्वय प्रमुख कृष्ण सुवेदी ले खाजा कार्यक्रमलाई अझ प्रभावकारि ढङ्ग ले अगाडी बढाउँन के गर्न सकिन्छ भन्दै बैठकको आयोजना गरेको र यसलाइ स्थानिय स्तरमा नै उत्पादित खाद्यन्न प्रयोग गर्न पर्ने भएकाले यसको लागी कसरी गरिएको छ भन्ने ज...

अन्तर पालिका महिला भलिबलको उपाधि हेलम्बुलाई

खेलकुद, ब्रेकिङ न्युज २, मनोरन्जन, समाचार, स्वास्थ्य
देवराज सुवेदी सिन्धुपाल्चोक, २८मङ्सिरसिन्धुपाल्चोक जिल्ला अन्तर पालिकास्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि हेलम्बु गाउँपालिकाले जितेको छ । आजसम्पन्न फाइनल खेलमा मेलम्ची नगरपालिकालाई पराजित गर्दै हेलम्बुले उपाधि जितेको हो। हेलम्बु गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा हेलम्बुको चिलाउनेघारीमा दुई दिन चलेको प्रतियोगितामा चौतारा साँगाचोकगढी नगरपालिका तेस्रो रइन्द्रावती गाउँपालिका चौथो भएका खेल सञ्चालन समिति सदस्य श्याम शर्मा एलसिले जानकारीदिनुभयो ।विजेतालाई पुरस्कार वितरणगर्नुहुँदै हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले खेलको माध्यमबाट हेलम्बुकोपर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा हेलम्बुमाप्रदेश स्तरीय खेलको आयोजना गर्ने बताउनुभयो । प्रतियोगितामा हेलम्बु गाउँपालिका,मेलम्ची नगरपालिका, इन्द्रावती गाउँपालिका र चौतारा साँगाचोकगढी न...

पाँचपोखरी सरसफाई अभियान सुरु

ब्रेकिङ न्युज २, समाचार
पर्यटकिय स्थल पाँचपोखरीको सरसफाई अभियान सुरु गरिएको छ । पर्यटन प्रर्वद्धनमा हाम्रो दृष्टि,सफा राखौं आफ्नो सृष्टि भन्ने नाराका साथ मंगलबारबाट पाँचपोखरी थाङ्पाल गाउँपालिकाको भोताङबाट सरसफाई अभियान सुरु गरिएको संस्कृती पर्यटन प्रर्वद्धन समितिका सचिव मुकुन्द पाण्डेले जानकारी दिनुभयो । पाँचपोखरी थाङ्पाल गाउँपालिकाको आयोजना,नेपाल पर्यटन बोर्ड, न्यू भिजन नेपालको सहआयोजना तथा आर्सो नेपाल र टि जि एच नेपालको समन्वयमा विश्वकै नवौं अग्लो स्थानमा पर्ने पाँचपोखरीको सरसफाई अभियान थालिएको हो । जिल्लाका ऐतिहासिक, धार्मिक तथा प्राकृतिक सम्पदाहरु समाजका अमुल्य सम्पति भएकाले यसको संरक्षण संवद्र्धन र सरसफाइ नियमित गर्नुपर्ने कार्यक्रममा सहभागीहरुले बताउनुभयो । पाँचपोखरी नेपाल भ्रमण बर्ष २०२० मा घुम्नै पर्ने पर्यटकिय स्थलहरुको सुचिमा समेत परेको गाउँपालिकाका अध्यक्ष टासि लामाले जानकारी दिनुभयो । जनै पुर्णिमाको अ...

हेल्प द्वारा गुन्साका ६७० विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

ब्रेकिङ न्युज २, समाचार
देवराज सुवेदी हेलम्बु एजुकेसन एन्ड लाइभलिहुड पार्टनर्सीप (हेल्प) द्वारा सोमबार पाँचपोखरी थाङपाल गाउँपालिका ५ गुन्साका सातकन्यामती माध्यमिक विद्यालय र कुम्भेश्वरी आधरभुत विद्यालयका ६७० जना विद्यार्थीलाई शैक्षिक सामाग्री स्टेशनरी , स्वास्थ्य सामाग्री र टोपी सहितको झोला वितरण गरिएको छ ।सिन्धुपाल्चोकका पुर्व जिल्ला शिक्षा अधिकारी गेहनाथ गौतम, हेल्पका अध्यक्ष जिमि लामा वडा नम्बर ५ का अध्यक्ष काले गोले सातकन्यामती माध्यमिक विद्यालयका प्रअ प्रेम तामाङ लगायतले उक्त सामाग्री वितरण गर्दै उक्त सामाग्रीको सदुपयोग गर्न आग्रह गर्नुभयो ।हेल्पले १० बर्ष अगि स्कुल इन अ ब्याग सुरु गरेको र हाल सम्म २० जिल्लाका २१ हजार विद्यार्थीलाई यस्ता सामाग्री वितरण गरेको अध्यक्ष लामाले बताउनुभयो । हेल्पले जिल्लामा मेलम्ची, त्रीपुरासुन्दरी र पाँचपोखरीमा २७ जना साथी शिक्षक पनि सहयोग गरेको लामाले बताउँनुभयो । सातकन्यामती म...