एकराज श्रेष्ठ
दोलालघाटमा रहेको उद्यमशिल बचत तथा ऋण सहकारीक संस्थाको ११ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । पुर्व श्रमराज्य मन्त्रि गोबिन्दनाथ उप्रेतीको प्रमुख आतिथी र अतिथि दोलालघाट उधोग बाणिज्य संघका अध्यक्ष सुरेश कुमार कक्षपति, जिल्ला समंवयन समिती काभ्रेका सदस्य एंव नेकपा एमाले भुम्लुका इन्चार्ज प्रेम लामा, दुलाललेश्वर साकोसका अध्यक्ष, लगायतको आतिथ्यतामा शनिबार सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै संस्थाले स्थापना कालदेखि हालसम्म एघार चोटि नै आफुलाई प्रमुख अतिथी बनाएकोमा गौरव गर्दै संस्थाको प्रगतिका हरेक गतिविधीहरु हरेक बर्ष प्रशांसा योग्य भएको बताउदै थप सफलताको शुभकामना ब्यक्त गनुभयो ।
संस्थाका अध्यक्ष गोविन्द प्रसाद पराजुलीले कार्यक्रमको सभापतित्व गर्दै संस्थाको कार्य नीति गत बर्षको तुलनामा प्रगतिपथमा लागी रहेको बताउनुभयो । उहाँले “जन्म देखि मृत्यु सम्म उधमशिल साथमा“ भन्ने जुन मुल नारा अनुरुप नै संस्थाले कार्य गरिरहेको र संस्थाले झण्डै छ करोडको हाराहारीमा प्रति शेयर सदस्यको एक घर बराबर बढिमा पाचलाख आकस्मिक (मोफिल) कर्जा पर्वाह गरेको कारणे बढी नाफा कमाउन सकेको बताउनुभयो । साथै संस्थाले आकस्मिक स्वास्थ उपचारको निमित्त छ महिना भित्र बुझाउने गरि सहुलियत ब्याजदरमा बढिमा पचास हजार सम्मको कर्जा प्रवाह ,बिमा,सुत्केरी भेटघाट, जस्ता उल्लेखेनिय सामाजिक प्रभाव पर्ने कार्य पनि गरेको समेत बताउनुभयो । संस्थाका सचिव अशोक चन्द्र झाले संस्थाले बर्षभरि गरेका प्रगती बिवरण तथा भावी रणनिती प्रस्तुत गर्नुभएको थियो ।
संस्थाको शेयर पुजि दुई करोड तीन लाख सत्तरी हजार पाच सय, ,निक्षप बाह्र करोड पच्चिस लाख पन्ध्र हजार एक सय बयासी र लगाणी चौध करोड त्रिहत्तर लाख चौद हजार छ सय सोह्र रुपैया भएको उक्त संस्थामा सोह्र करोड पन्ध्र लाख उनासि हजार चार सय अठ्ठाइस रुपैया कारोवार भएको उक्त संस्थाले आव ०७८÷०७९ मा खुद नाफा ७५ लाख ७६ हजार ७ सय ३४ रुपैयाँ भएको संस्थाका कोषाध्यक्ष सुवन बहादुर श्रेष्ठले बताउनु भयो ।
साथै लेखा समितीका सदस्य भरत पराजुलीले संस्थाले आ.वमा गरेका सम्पुर्ण कारोबारहरु सहकारी मान्यता र मुल्यको आधारमा रहि सोचे अनुरुपको नाफा आर्जन गर्न सकेको बास्तविक यथार्थका साथमा यस आ.वका आर्थिक हिसाबको बारेमा चित्रण गर्नु भएको थियो । संस्थाका सम्पुर्ण कारोबार नितीगत रुपमा राखेको र कुनै पनि खोट नभएको यथार्थ रुपमा रहेको साथै कारोबारलाइ हेर्दा भुम्लु गाउँपालिका भरि रहेका ४३ वटा सहकारीहरु मध्य प्रशंसा योग्य भएको विशिष्ट अतिथीको रुपमा रहनु भएका भुम्लु गाउँपालिका प्रमुख प्रेम बहादुर भुजेलले बताउनु भयो । कार्यक्रममा दुलालेश्वर मा.वि, ,सिंह देवी प्रा.वि, बेब ग्रिणल्यान्ड बोर्डिङ, र सरस्वती प्रा.विमा अध्ययनरत गरिव, जेहेन्दार तथा उत्कृष्ट अंक ल्याउने बिद्यार्थी मध्य २÷२ लाई नगद तथा पुरस्कार, प्रदान गरेको थियो ।
अतिथीको रुपमा बोल्दै पुर्व अरनिको यातायात प्रा.लि का पुर्व अध्यक्ष श्याम बहादुर लामाले सदस्यको मन जितेकोले उधमशिल प्रति माया बढेको सोही कार्यक्रममा सदस्यहरुको माझ बताउनुभयो । त्यसैगरी कार्यक्रममा उपस्थित रहेका अतिथीहरुमा दोलालघाट उधोग बाणिज्य संघका अध्यक्ष सुरेश कुमार कक्षपति, जिल्ला समंवयन समिती काभ्रेका सदस्य एंव नेकपा एमाले भुम्लुका इन्चार्ज प्रेम लामा, दुलाललेश्वर साकोसका अध्यक्ष , स्ट्यान्डर साकोसका अध्यक्ष ,दोलालघाट साकोसका अध्यक्ष ,चाखोला कृषि साकोसका अध्यक्ष लगायत दोलालघाटका बिभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा उपस्थित शेयर सदस्यहरुलाई बम्पर उपहार जस्ता प्रोत्साहात्मक कार्यक्रम रहेको कार्यक्रममा ८० प्रतिसत शेयर सदस्यहरुको उपस्थिती थियो । १५% बोनस बितरण लगायत सबै शेयर सदस्यहरुलाइै संस्थाको लोगो भएको १÷१ वटा टिसर्ट पनि बितरण गरिएको थियो ।
अतिथीको रुपमा आउनु भएका पुर्व अरनिको यातायात प्रा लि का पुर्व अध्यक्ष श्याम बहादुर लामाले सदस्यको मन जितेकोले उधमशिल प्रति माया बढेको सोही कार्यक्रममा सदस्यहरुको माझ बताउनुभयो । उल्लेखनिय सेयर सदस्यहरुको उपस्थिती रहेको सभामा स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष जाल बहादुर बि कले दिनु भएको थियो भुम्लुगाउँ पालिका भरिमा ढिलै स्थापना भए नी भुम्लु भरिका ४३ वटा संस्था मध्य कार्य नितीमा उत्कृष्ट संस्था रहेको दावी जिल्ला समंवयन समितीका पुर्व सदस्य प्रेम लामाले बताउनु भयो।उहाले संस्था लाई हृदय देखि पुर्ण मायापुर्ण भाव देखाउदै आठ बर्ष सम्म समुहमा सहकारीकै रुपमा आफु सहितको संगलतामा संचालन गरेर पुर्णता पश्चात् सहकारीको रुपलाइ विधीवत ढंग दर्ता गरेको यो अवस्थामा पुर्याएकोमा आत्मािबिभोर हुदै सम्पुर्ण टिमलाइ धन्यबाद दिनु भयो । पालिकाको ८,९ र १० वडामा मात्र कारोवार गरि रहेको यस संस्थाको आउने दिनहरुमा भुुम्लु गाउँ पालिका भरि नै आफ्नो कारोवार फैलाउने संस्थाले लक्ष्य रहेको छ । यस बर्ष चुनावी साधारण सभा भएकोले गोबिन्द प्रसाद पराजुली ज्यु कै अध्यक्षता जाल बहादुर बिक उपाध्यक्ष ,अशोक चन्द्र झा सचिव,सुवन बहादुर श्रेष्ठ कोषाध्यक्ष ,अच्युत श्रेष्ठ सह सचिव,प्रेम लाल महाजु,,कमल नारायण श्रेष्ठ ,तारा लामा,ललिता लामा सदस्यहरुमा र लेखा समितीमा अष्ट बहादुर श्रेष्ठज्को संयोजकत्वमा कृष्ण काजी श्रेष्ठ र राजु शाक्य सदस्य पदमा सबै निर्विरोध निर्वाचित भएको घोषणा निर्वाचन कमिटीको संयोजकको रुप रहनु भएको दोलालघाट उधोग बाणिज्य संघका अध्यक्ष सुरेश कुमार कक्षपतिले गर्नु भयो । उहाले यो निर्वाचन लोकतान्त्रिक पद्धति अनुसार निष्पक्ष रहित ढंगबाट सम्पन्न गराउनु भएको बताउनु भयो।
अन्तमा सभापतिबाट आजको परिस्थिती पुर्याउन सफल खेलाडीको रुपमा परिचित गराउन सहयोग गर्नु हुने कार्यसमितीका साथीहरु, कर्मचारीसाथीहरु , संस्थाको मेरुदण्डको रुपमा रहनु भएका शेयर सदस्यज्युहरुमा ,संस्थाका शुभचिन्तक र शुभेच्छुक प्रति हार्दिक धन्यवाद दिदै साथै आउने कार्य कालको पनि नेतृत्व दिनु भएकोले संस्था बिकासको निमित संस्थालाइ अझ नया आयम तर्फ लाने र अवका दिनमा पनि यस्तै साथ र सहयोग गरि दिन आग्रह गरी नयाँ निर्वाचित कार्य समितीको साथ लिएका लक्ष्यहरु पूरा गर्ने वचन बद्धता गर्दै सभा बिसर्जन गर्नु भएको थियो ।
