नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको २८ औँ साधारण सभा सम्पन्न भएको छ ।
आईतबार सिन्धुपाल्चोक जिल्लाको सुकुट स्थित सुकुटे बिचमा भएको साधारण सभाको उद्धघाटन गर्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारहरुले स्वच्छ पत्रकारिता गर्नुपर्नेमा जोड दिनु भयो ।
बस्नेतले पूर्वाग्राही रुपमा नभई पत्रकारले सत्य तथ्यको जगमा टेकेर मात्रै पत्रकारिता गर्दा पत्रकारजस्तो उँच्च पेशाको मर्यदा रहने बताउनुभयो ।
‘पत्रकार सदैव जनताको आवाज बन्नुपर्दछ’, ‘पत्रकारलाई सहि मार्गमा डोहोर्याउन पत्रकार महासंघको भूमिका महत्वपूर्ण हुन्छ भन्नुहँुदै पदाधिकारी बन्नलाइ होइन पत्रकारिता बन्नका लागी सदस्यता दिन र लिन पर्ने समेत बस्नेतले आग्रह गर्न‘ भयो ।’
बस्नेतले दिन भरी सरकारी, अर्धसरकारी वागीर खाने सामाजिक सघं सस्था चलाउँने, ठेकदार ब्यपार ब्यवसाय गर्ने अनी एकछिन सामाजिक सञ्जाल चलाएकै भरमा पत्रकार हुन नपाइने बताउँदै पत्रकारिता क्षेत्रमा काम गर्ने जो कोही पनी निश्पक्ष, र सवतानत्र हुन पर्ने बताउँनु भयो ।
उँहाले पत्रकारिता क्षेत्रमा पनि विकृति भित्रिएको भन्दै उनले स्वतन्त्र, स्वस्थ, स्वच्छ पत्रकार बन्नुपर्नेमा जोड दिदै अध्यक्ष बस्नेतले साना लगानीका सञ्चारमाध्यमलाई राज्यले थप सेवा सुविधा दिनुपर्ने औल्याउँदै पत्रकार हरु जनताको पक्षमा सूचना प्रवाह गर्नतर्फ ध्यान केन्द्रीत हुनुपर्ने बताउँनु भयो ।
साधारण सभामा बिशेष अतिथी नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव गोविन्द चौलागाईले पत्रकारिता पेशा मर्यादित र साँच्चीकै पत्रकारिता बनाउँन सबै लाग्न पर्ने बताउँदै फेसबुक चलाएकै भरमा पत्रकार हो भन्न नसकिने बताउँनु भयो ।
कार्यक्रममा पुर्ब अध्यक्ष क्रृषी राम पौडेलले आफुले पत्रकारिता गर्दा समाचार टिपाउँन पनी टेलीफोनमा लाइन बस्न पर्ने , हस्त लिखित समचार पठाँउन जिल्ला प्रशासन कार्यलयमा पालो कुर्न पर्ने, फोटो खिचे पछी बनेपा अथवा काठमाण्डौमा गएर फोटो धुलाएर मात्र पठाउँन पर्ने अवस्थाबाट पत्रकारिता गरेको स्मरण गराउँदै अहीलेको समयमा जहाँ बाट पनी जस्तो सुकै समाचार फोटो पठाउँन सकिने बताउँनु भयो ।
उँहाले पत्रकारका नाममा गैर पत्रकारलाइ महासघले सदस्यता दिएको तर वास्तविीक पत्रकारलाइ सदस्यता नदीएको कारण वास्तवीक पत्रकारीता पेशा संकटमा पर्न थालेको बताउँनु भयो ।
कार्यक्रममा सुनकोशी गाउँपालिकाका अध्यक्ष टपेन्द्र तिमल्सिना, प्रमुख जिल्ला अधिकारी वेदनिधी खनाल, बागमती प्रदेश अध्यक्ष शिव देवकोटा, प्रदेश महासचिव कृष्ण सारु मगर
, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष होमबहादुर बस्नेत राजकुमार, नेकपा (एमाले) का जिल्ला अध्यक्ष कमल नेपाल, नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक गोविन्द पराजुली लगायतले सभाको सफलताको शुभकामना मन्तब्य दिनु भएको थियो । साधारण सभाको अवसरमा सिन्धुपाल्चोकको पत्रकारिता क्षेत्रमा सकृय १० जना पत्रकारलाई पे्रस कायन्सिलका अध्यक्ष बाल कृष्ण बस्नेतले सम्मान र पुरस्कृत गर्नु भएको थियो ।
सम्मानीत हुनहुने सिन्धुपाल्चोक जिल्लाका सस्थापक अध्यक्ष स्व. इश्वरीमान–राम स्मृति पत्रकारिता बाट विष्णु न्यौपानेलाई र रामकुमार केसीलाई सम्मान गरिएको थियो । 
यसैगरी सिन्धु पत्रकारिता सेवा सम्मानबाट माधव नेपाल त्यस्तै कार्यक्रममा कञ्चन–ज्ञानेन्द्र स्मृति पत्रकारिता पुरस्कारबाट डम्बर रसिक भारती, स्व. पवित्रा घिमिरे रेडियो पत्रकारिता पुरस्कारबाट टीका दाहाल,
स्व. दुर्गाप्रसाद श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कारबाट कला अनुरागी, स्व. नानीराम नेपाल स्मृति पत्रकारिता पुरस्कारबाट दुर्गा दुलाल, सर्वपक्ष पत्रकारिता पुरस्कारबाट सुन्दर शिरीष, रामप्रसाद घिमिरे स्मृति पत्रकारिता पुरस्कारबाट विमल नेपाल र जुगल नवोदित पत्रकारिता पुरस्कारबाट कमला पाख्रिन पुरस्कृत भएका हुन् ।
पुरस्कृतहरुलाई नगद ५ हजार ५ सय ५५ रुपैंयासहित सम्मानपत्र प्रदान गरिएको थियो ।
यसै गरी सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष होमबहादुर बस्नेत राजकुमार, ब्ल्याक हर्स इन्टरप्राईजेजका सञ्चालक बेदबहादुर श्रेष्ठ,
इन्जिनियर गम्भीरलाल श्रेष्ठ, सुकुटे बीच रिसोर्टका सञ्चालक महेन्द्र थापा, सुकुटे भ्याली रिसोर्टका सञ्चालक नारायण श्रेष्ठ, समाजसेवी नकुल नेपाल र जुगल बोर्डिङ स्कुलका प्रिन्सिपल ओमप्रकाश उप्रेतीलाई समेत सम्मान गरिएको थियो ।
