जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले मोटरसाइकल चोरी गरी बिक्रि गर्ने गिरोहलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले काभ्रेको चौरीदेउराली गा.पा. वडा नं. ०७ वाङथली बस्ने वर्ष २४ को पेम्बा लामा र सिन्धुपाल्चोक बाह्रबिसे न.पा. वडा नं. ०३ बस्ने वर्ष २१ को लोकेन्द्र पाख्रिनलाई चोरीको मोटरसाईकल संगै पक्राउ गरेको जिल्ला प्रहरी कार्यलयमा सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रम गरी जानकारी दिएको हो । मंसिर १६ गते बेलुका काभ्रेको बनेपा नगरपालिका १३ बस्ने वर्ष ३३ को रिनेश खड्गीको बागमती प्रदेश ०२–०२८ प ८३०६ नं. को २२० सि.सि. को सेतो रातो कलरको मोटरसाईकल भक्तपुर जिल्ला बोडे स्थित डेरा अगाडी पार्किङ गरी राखेको स्थानबाट हराएको उजुरी परेको थियो ।
उक्त चोरी भएको भनिएको मोटरसाईकल खोजतलासको क्रममा मंसिर २१ गते सिन्धुपाल्चोक सुनकोशी गा.पा. वडा नं. ०३ कालिकावेशी बस्ने वर्ष २७ को प्रकाश पहरीको घर कम्पाउण्डमा भेटिएको प्रहरीले जनाएको छ । उक्त मोटरसाईकल रु. ३० हजारमा किनेको भनी खुल्न आएपछि प्रहरीले पहरीलाई समेत नियन्त्रणमा लिएर अनुसन्धानलाई थप अघि वढाएको थियो । थप अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटीएको प्रहरी टोलीले पौष ३ गते काभ्रेको पाचखाल न.पा. वडा नं. ०४ जिरो किलोबाट मोटरसाईकल चोरी गर्ने गिरोहलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले बताउनुभयो ।बागमती प्रदेश प १६५१ नंम्बरको २२० सि.सि. को निलो कालो कलरको बजाज कम्पनिको मोटरसाईकल र बागमती प्रदेश ०२–०३४ प ८५९९ नम्बरको २२० सि.सि. को कालो रातो कलरको बजाज कम्पनिको मोटरसाईकल सहित गिरोहहरुलाई पक्राउ गरीएको हो ।काठमाण्डौ उपत्यका लगायत विभिन्न स्थानबाट मोटरसाईकल चोरी गरी सिन्धुपाल्चोक जिल्लाको विभिन्न स्थानमा बिक्रीवितरण भईरहेको भन्ने सुचनाको आधारमा अनुसन्धान गर्दा चोरीमा सम्लग्न गिरोहलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक शिव कुमार वुढाथोकीले बताउनुभयो ।
३ लाख ९५ हजार सम्म पर्ने पल्सर २२० नया बाईक चोर्दै ३० हजारमा बेच्ने गरेको पाईएको प्रहरी नायव उपरीक्षक वुढाथोकीले बताउनुभयो ।चोरी गर्दै बिक्रि गर्ने उद्देश्यले बनेपा हुदै आएको अवस्थामा मोटरसाईकल सहित उनिहरु पक्राउ परेका हुन् । कानून बमोजिम कारबाही प्रक्रिया अगाडी बढाईएको र थप अनुसन्धानको कार्य समेत भई रहेको प्रहरीले जनाएको छ । पछील्लो समयमा प्हरकिो सक्रीयता बढेको छ ।
