सम्पर्क

हेल्प द्वारा गुन्साका ६७० विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवराज सुवेदी
हेलम्बु एजुकेसन एन्ड लाइभलिहुड पार्टनर्सीप (हेल्प) द्वारा सोमबार पाँचपोखरी थाङपाल गाउँपालिका ५ गुन्साका सातकन्यामती माध्यमिक विद्यालय र कुम्भेश्वरी आधरभुत विद्यालयका ६७० जना विद्यार्थीलाई शैक्षिक सामाग्री स्टेशनरी , स्वास्थ्य सामाग्री र टोपी सहितको झोला वितरण गरिएको छ ।सिन्धुपाल्चोकका पुर्व जिल्ला शिक्षा अधिकारी गेहनाथ गौतम, हेल्पका अध्यक्ष जिमि लामा वडा नम्बर ५ का अध्यक्ष काले गोले सातकन्यामती माध्यमिक विद्यालयका प्रअ प्रेम तामाङ लगायतले उक्त सामाग्री वितरण गर्दै उक्त सामाग्रीको सदुपयोग गर्न आग्रह गर्नुभयो ।हेल्पले १० बर्ष अगि स्कुल इन अ ब्याग सुरु गरेको र हाल सम्म २० जिल्लाका २१ हजार विद्यार्थीलाई यस्ता सामाग्री वितरण गरेको अध्यक्ष लामाले बताउनुभयो । हेल्पले जिल्लामा मेलम्ची, त्रीपुरासुन्दरी र पाँचपोखरीमा २७ जना साथी शिक्षक पनि सहयोग गरेको लामाले बताउँनुभयो । सातकन्यामती माध्यमिक विद्यालयका अध्यक्ष कालिका गोले ं र कुम्भेश्वरी आधरभुत विद्यालयका प्रधानाध्यापक देवि पौडेलले सहयोगप्रति आभार प्रकट गर्नुभयो । कार्यक्रममा पुर्व जिल्ला शिक्षा अधिकारी एबम मलङगवा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गौतमले स्थानिय तहले गुणस्तरिय शिक्षाका लागि धेरै काम गर्न सक्ने बताउँनुभयो । विद्यालय नियमित गराउन तथा स्वास्थ्य सचेतना बढाउन यि सामाग्री वितरण गरिएको हेल्पले जनाएको छ । सँस्थाले शिक्षामा शिक्षक, सामाग्री सहयोग, भवन निमार्ण, तालिम लगायत सहयोग गर्दै आएको छ । त्यस्तै कोरोना,बाढी, भुकम्प जस्ता प्रकोप पिडितलाई सहयोग गर्दै आएको छ ।