सम्पर्क

जडीबुटी तथा फलफुलको अनुगमन

बागमती प्रदेश सरकार वन तथा वातावरण मन्त्रालय र वन निर्देशनालयले सिन्धुपाल्चोकको विभिन्न स्थानमा जडीबुटी तथा फलफुल बृक्षारोपणको अनुगमन निरीक्षण गरेको छ । वन निर्देशनालय हेटौडाका योजना तथा अनुगमन अधिकृत सन्त माया श्रेष्ठको नेतृत्वमा अनुगमन गरिएको हो । अनुगमनमा वन तथा वातवरण मन्त्री बिशाल खड्काको निजी सचिव रमेश दुलाल, डिभीजन वन कार्यालय सिन्धुपाल्चोकका सहायक वन अधिकृत कृष्ण बहादुर थापा लगायतको टोलीले जिल्लाको बिभिन्न स्थानमा अनुगमन गरेको हो । सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका १४ नेत्रज्योती कृषी सहकारी संस्थाको अगुवाइमा कृषकहरुले लगायतको तिम्मर, मेलम्ची नर्सरी, नमुना कृषीफर्मले गरेको दुवाचौरको बृक्षारोपण, चौतारा सांँगाचोकगढी नगरपालिका ८ सिमपाखामा कबुलियती वन समुहले गरेको फलफुल बृक्षारोपण तथा पात्लेपानी नर्सरीको अनुगमन गरिएको थियो । अनुगमनका क्रममा स्थानीय कृषकहरुले बिरुवा उपलब्ध गराएको तर त्यसको संरक्षणका लागी वन कार्यलयबाट आवश्यक सहयोग हुन नसकेको बताउँदै त्यसका लागी सिचाइको व्यवस्था हुन पर्ने, आवश्यक मलको ब्यवस्था हुन पर्ने, बिभिन्न रोगका कारण बिरुवा मर्न थालेको हुँदा त्यसको तत्काल उपचार गर्ने, मरेको बिरुवाको ठाँउमा पुनःरोपणका ला अर्को बिरुवा को व्यस्था हुनु पर्ने जस्ता समस्याहरु अनुगमन टोली समक्ष राखेका थिए । वन निर्देशनालय हेटौडाका योजना तथा अनुगमन अधिकृत सन्त माया श्रेष्ठले यो समस्या समधानका लागी साधन र श्रोतले भ्याएसम्म वन कार्यलयले सहयोग गर्ने बताउँदै यस्ता किसीमका आयआर्जन हुने कामका लागी स्थानीय सरकारको पनी ध्यानकर्षण गराउँनु पर्ने बताउनु भयो ।अनुगमनका क्रममा सहायक वन अधिकृत कृष्ण बहादुर थापाले वन कार्यलयमा भएका कायक्रमहरुको अधिनमा रहेर काम गर्नु पर्ने भएकाले केही समस्या भएको भए ता पनी यस्ता कार्यक्रमको लागी कार्यालयको श्रोत साधनले भ्याएसम्म सहयोग गरिरहेको बताउनु भयो ।