सम्पर्क

नेपाल शिक्षक महासंघले बुझायो ध्यानाकर्षण पत्र

पृथ्वीजंग पाण्डे / चौतारा
नेपाल शिक्षक महासंघ जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले शैक्षिक उन्नयनका लागि जिल्लाभरको स्थानीय तहमा ध्यानाकर्षण पत्र बुझाएको छ । शिक्षा ऐन नआएर देशभर शैक्षिक एकरुपता हुन नसकेपनी सिन्धुपाल्चोक जिल्लाभर शैक्षिक एकरुपता कायम गर्न तीन नगरपालिका र नौ गाउपालिकामा ध्यानाकर्षण बुझाउने कार्यक्रम अन्तरगत मेलम्ची, चौतारा तथा पाँचपोखरी लगायतले सोमबार बुझाएको र बाकी स्थानीय तहले पालिका प्रमुखको समय लिएर मंगलबार र बुधबारसम्म ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम तय गरिएको नेपाल शिक्षक महासंघ सिन्धुपाल्चोकका अध्यक्ष कुमारप्रसाद खतिवडाले बताउनुभयो । अध्यक्ष खतिवडाको अनुसार जिल्लाबाट फोकल पर्सन तोकि स्थानीय शिक्षक महासंघको अगुवाइमा स्थानीय स्तरमा रहेकोे शिक्षक संघसंगठनका पदाधिकारीको रोहवरमा पालिका प्रमुख , शिक्षा शाखा प्रमुख र कार्यकारी अधिकृत लगायतका जनप्रतिनिधिलाई ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम थियो । त्यसैको क्रममा मेलम्ची नगरपालिकामा नेपाल शिक्षक महासंघ जिल्ला समितिले तयारी गरेको सुझाव पत्र मेलम्ची नगर महासंघको संयोजनमा जिल्ला अध्यक्ष कुमार प्रसाद खतिवडाद्वारा मेलम्ची नगर प्रमुख आइतमान तामाङ ,उपप्रमुख उमा प्रधान ,प्रमुख प्रसासकिय अधिकृत अमृतकुमार धिताल,प्रमुख शिक्षा अधिकृत रबि शर्मालाई नगरपालिकाको कार्यालयमा सोमबार बुझाएको छ । उक्त कार्यक्रमका लागी समय दिनुहुने सवैलाई हार्दिक धन्यवाद समेत दिएको छ । शैक्षिक संवाद समिति गठन गरिनुपर्ने, स्थानीय पाठ्यक्रम निर्माण ,बालमैत्री सिकाइ ,ईन्टरनेटको पहुँच ,शैक्षिक सामाग्री निर्माण ,दरबन्दी मिलान लगायतका शैक्षिक सुधार र पेशागत माग समेटेर तयार पारिएको ३६ बुदे मागको ध्यानाकर्षण पत्र बुझाइएको हो । यो माग पूरा भएमा सिन्धुपाल्चोक जिल्लालाई नमूना शैक्षिक हव बनाउने योजना शिक्षक महासंघले राखेको छ । त्यसैगरि नेपाल शिक्षक महासंघ सिन्धुपाल्चोक जिल्ला समितिले तयारी गरेको ध्यानाकर्षणपत्र नेपाल शिक्षक महासंघ जिल्ला समिति सदस्य शेर बहादुर तामाङ तथा पाँचपोखरी थाङपाल गाउँपालिका नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष रामजी खनाल एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष विश्वनाथ पौड्याल र नेपाल शिक्षक संघका प्रतिनिधि नारायण अधिकारीको उपस्थितिमा नेपाल शिक्षक महासंघ पाँचपोखरी थाङ्गपाल गाउँपालिका अध्यक्ष अजय कुमार धिताल द्वारा पाँचपोखरी थाङपाल गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत लक्ष्मण कुइकेल शिक्षा शाखा प्रमुख कमला खनाल तथा प्रशासन शाखा प्रमुख राम प्रसाद न्यौपाने लाई पालिका को कार्यालयमा ध्यानाकर्षणपत्र बुझाउदै छलफल गरेको थियो ।
नेपाल शिक्षक महासङ्घ सिन्धुपाल्चोकको पुर्व निर्धारित कार्यक्रम अनुसार जिल्लाका १२ वटै स्थानीय पालिकाको शैक्षिक गतिविधिहरुमा एकरुपता ल्याउदै शैक्षिक हव जिल्ला बनाउन सरोकारवालाहरुलाई ध्यानाकर्षण गराउन चौतारा साङगाचोकगढी नगरपालिकामा पनि प्रमुख,उपप्रमुख,प्रमुख प्रशासकीय अधिकृत ,शिक्षा शाखा प्रमुखलाई ध्यानाकर्षण पत्र सोमबार बुझाएको शिक्षक महासंघ संस्थागत सहसचिव ज्ञानबहादुर तामाङले बताउनुभयो ।