बाह्रबिसे नगरपालिका रहेको गोरखनाथ बचत तथा ऋण सहकारी संस्था लि को १३ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभा बाह्रबिसे नगरपालिकाका उपप्रमुख मन्जु तामाङको प्रमुख आतिथ्य, विशेष अतिथिमा निबर्तमान अध्यक्ष बिनु तामाङ तथा सो संस्थाका अध्यक्ष ओम तामाङको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि तामाङले सहकारी क्षेत्रले हातेमालो गर्दै विकास निर्माण र यस क्षेत्रको उत्थानको लागि सँगसँगै अघि बढ्नुपर्ने बताउनुभयो । सहकारी क्षेत्रको विकास र प्रवर्धनका लागि नगरपालिकाको तर्फबाट गर्नुपर्ने साथ सहयोगको लागि नगरपालिका तयार रहेको समेत बताउनुभयो । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै संस्थाका अध्यक्ष ओम तमाङले सहकारीमा शेयर सदस्यहरु र सञ्चालकको भूमिका महत्वपूर्ण हुने बताउनुहुँदै सदस्यहरुको सेवामा कुनै कमीहुन नदिएको र गर्नुपर्ने सुधार र प्रगतिको लागि आगामी दिनमा समेत सञ्चालक अझै क्रियाशील भएर लाग्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो । उद्यम ब्यबसायलाई दिगो रुपमा सञ्चालन गर्न पुजिको ब्यबस्थापन, उद्यमशीलताको बिकास र उत्पादित वस्तुहरुको बजारिकरणमा सहकारिताको माध्यम बाट मात्र संभावना रहेको महसुुस गरि बाह्रबिसे अन्तर्गत रहेका उद्यमि ब्यबसायिहरु संगठित भइ वि.सं. २०६५ सालमा स्थापना भएको अध्यक्ष तामाङले बताउनुभयो । शनिबार सम्पन्न साधारणसभा संस्थाका सचिबले प्रगती प्रतिबेदन प्रस्तुत गरेको थियो भने आर्थिक प्रतिबेदन सदस्य शम्भुबहादुर सापकोटाले प्रस्तुत गरिएको थियो ।
सभाबाट रिक्त रहेको पदहरुमा तपशिल अनुसार पद कोषाध्यक्षमा शम्भुबहादुर सापकोटा, संचालक समिती सदस्यमा कबिता बस्नेत र छत्रबहादुर श्रेष्ठ साथै लेखा समिती संयोजक सपना तामाङ र सदस्यमा गङ्गामाया कार्की साथै ऋण सुपरिवेक्षण समितिमा संयोजक सोनाम तामाङ र सदस्यमा देबकी तिमल्सिना चयन भएका हुनुभएको थियो । कार्यक्रमको सञ्चालन संस्थाको ब्यबस्थापक सबिता तामाङले गर्नुभएको थियो ।
