सम्पर्क

बाल यौन शोषण बिरुद्ध टुँडिखेलमा नाटक

विश्व मानवअधिकार दिवसको अवसरमा बालश्रम र बालयौन शोषणको विरुद्ध र बाल अधिकारको रक्षाको लागी श्री कृष्ण रत्न गंगा बालक्लबले ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी (रेष्ट), जिल्ला कार्यालय (रे.जि.का) सिन्धुपाल्चोक र श्री कृष्ण रत्न गंगा माध्यमिक विद्यालय को आयोजना र चौ.सा.ढि न.पा. वडा नं ५ वडा कार्यालयसंगको समन्वयमा चौतारा बजारको टुँडिखेलमा जनचेतनामूलक नाटक प्रदर्शन गरेको छ। कार्यक्रम श्री कृष्ण रत्न गंगा माध्यमिक विद्यालयको प्राङ्गणबाट बालश्रम अन्त्य गरौँ, बालअधिकारको रक्षा गरौँ र बालमैत्री स्थानीय शासनको सुनिश्चितता गरौँ भन्ने नारासहित टुडिँखेल चोक सम्म पुगी, सोही चोकमा नाटक प्रदर्शन गरी सम्पन्न भएको थियो। नाटकको परिकल्पना र कथा लेखन बालक्लबका अध्यक्ष र सोहि विद्यालयको कक्षा नौँ मा अध्ययनरत छात्रा नेहारीका मास्केले गर्नुभएको थियो। चौतारा सदरमुकामको बजारका अधिकांश होटल रेस्टुराँमा अझै पनि बालश्रमीकहरु रहेका छन् र सोही विषयमा जनचेतना फैलाउनको लागी बालक्लबको सक्रियता, विद्यालय र रेष्ट संस्थाको सहयोग र आयोजनामा सो कार्यक्रम संचालन गरीएको हो।  
विश्व मानवअधिकारको कुरा गरीरहँदा हाम्रै वरपर रहेका बालबालीकाहरु जो विद्यालय जानबाट बञ्चित छन्, उनीहरुको पढ्ने अधिकारको स्वत हनन भइरहेको छ, यहि विषयमा बालअधिकार कर्मी, अभिभावक, स्थानीय सरकार र सम्पूर्ण सम्बन्धित निकायहरुको ध्यानाकर्षण गर्ने उद्देश्यले यस कार्यक्रममको आयोजना गरीएको रेष्ट जिल्ला कार्यालयका कार्यक्रम संयोजक श्री आकृती घले बताउनुहुन्छ।
बालबालिका स्वयमले रचना गरेर बालश्रमको विषयमा मन छुने प्रस्तुती प्रस्त्ुात गरी भावनात्मक रुपमा समेत दर्शकहरुलाई आकर्षित गर्न सफल भएकोमा श्री कृष्ण रत्न गंगा माध्यमिक विद्यालयका शिक्षक श्री हरिगोपाल श्रेष्ठले बालक्लबलाई उत्तोरत्तर प्रगतिको कामना सहित प्रशंसा पत्र वितरण गरी कार्यक्रम समापन गरीएको थियो।