सम्पर्क

बिपद ब्यवस्थापनमा सहकार्य गरेर अगाडी बढ्ने बाह्र्बिसे नगर पालीकाको प्रतीबद्धता

सगुन बस्नेत
बिपदमा परेकाहरुलाइ तत्काल उद्धार गर्ननका लागी कसरी काम भइरहेको छ र के कस्ता समस्या छन कसरी समधान गर्न सकिन्छ भन्ने बारेमा बाह्र्बिसेमा एक अन्तरक्रीया कार्यक्रम भएको छ । अन्तरक्रयिया कार्यक्रममा बोल्दै नगर उप प्रमुख मन्जु तामाङले बिपदका बारेमा कसरी तत्काल बिपद ब्यस्थापन गर्न सकिन्छ भन्ने बारेमा जानकार रहनु महत्वपुर्ण कुरा भएको ले यस्ता कार्य गर्ने सस्थाहरु साँग नगरपालीकाले सहकार्य गर्न चाहेको बताउँनु भयो । नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत चुरामणी पन्थीले बिपद ब्यवस्थापनमा सामाजीक सुरक्षाका कुराहरु जोडीन आउँने हँुदा यसरी पालिकामा त्तकाल आइपर्ने बिपदको बारेमा कसरी ब्यव्सथापन गर्ने र यसका चुनौती र समधान कसरी गर्न सकिन्छ भन्ने कुरा यसरी नै अन्तीम बिन्दुमा पुग्न सकिने भएकाले यस्ता सस्थाहरु सँग अन्तरक्रिया भइरहन पर्ने बताउँनु भयो । उँहाले यस्ता सस्थाहरु सँग सहकार्य गरेर स्थानीय सरकारले बिपद ब्यवस्थापनमा काम गर्न सकेको अबस्थामा तत्काल बिपदमा परेकालाइ उद्धार गर्न सहज हुने बताउँनु भयो । पालिकामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि भए गरेका विद्यमान नीति नियम, बजेट तथा कार्यक्रम र यसको कार्यान्वयनको पाटोमा देखिएका चुनौती, प्रदेश र संघीय सरकारसँग गर्न सकिने सहकार्यका विषयमा भएको अन्तरक्रयिात्मक छलफल नगरपालिकाका उप प्रमुख मन्जु तामाङको अध्यक्षतामा भएको थियो । युरोपेली युनीयनको आर्थिक सहयोगमा पिपुल इन निड, सेभ द चिल्डेन इन्टरन्यासनल, सामुदायिक आत्मनिर्भर सेवा केन्द्र र स्कट वील्सन नेपालको संयुक्त पहलमा नगरपालिकासँगको सहकार्यमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका क्षेत्रमा भएका असल अभ्यास, चुनौती र आगामी प्राथमिकताका विषयमा एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको हो । तातोपानी भगेरी स्थित बाह्र्बिसे सिोर्टमा भएको कार्यक्रममा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि भए गरेका विद्यमान नीति नियम, बजेट तथा कार्यक्रम र यसको कार्यान्वयनको पाटोमा देखिएका चुनौती, प्रदेश र संघीय सरकारसँग गर्न सकिने सहकार्यका विषयमा सामुहिक छलफल गरिएको प्रतिबद्धका होन्त दगांलले जानकारी दिनु भयो ।
कार्यक्रममा विपद्ले हाम्रा विद्यमान सामाजिक सुरक्षा कार्यक्रमलाई कस्तो प्रभाव पारेको छ ? ति प्रभाव न्यूनीकरणका लागि के उपाय हुन सक्छन् ? र विपद् प्रतिकार्यमा सामाजिक सुरक्षा कार्यक्रमको संयन्त्र प्रयोग गरि कसरी छिटो, कम खर्चिलो र प्रभावकारी बनाई विद्यमान सामाजिक सुरक्षा कार्यक्रमलई विपद् उत्तरदायी बनाउन सकिन्छ भन्ने उपायहरुको विषयमा छलफल भएको थियो । बाह्रबिसे नगर पालिका ९ वडाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु र विषयगत शाखाका कर्मचारीहरु,वडा सचिव, रेडक्रस, नेपाली सेना, प्रहरी स्थानीय संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।उक्त कार्यक्रममा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि भए गरेका विद्यमान नीति नियम, बजेट तथा कार्यक्रम र यसको कार्यान्वयनको पाटोमा देखिएका चुनौती, प्रदेश र संघीय सरकारसँग गर्न सकिने सहकार्यको विषयमा बृहत् छ्लफल भएको हो । साथै विपद्ले विद्यमान सामाजिक सुरक्षा कार्यक्रममा पारेको असर र त्यसको समाधान बारे छलफल भएको थियो । विपद्को समयमा सामाजिक सुरक्षा कार्यक्रम छिटो छरितो कम खर्चिलो बनाउने उपायहरू विषयमा पनि छलफल भएको कार्यक्रममा कार्यक्रममा १६दिने लैगींक हिसा कार्यक्रमको समापन गर्दै हिसा नगर्ने र गर्न नदीने प्रतीबद्धता पत्रमा समेत हस्ताक्षर गरिएको थियो ।