सानुसिरुवारीमा बन्यो पालेथुम्की पार्क मन्त्री दुलालद्धारा उद्घाटन
सिन्धुपाल्चोकको चौतारा सागाँचोकगढी नगरपालिका – ७ सानोसिरुवारीमा पालेथुम्की सेतीदेवि पार्क बनेको छ । पार्क बनेपछी त्यहाँका नागरिकहरुमा खुशी छाएको छ । उक्त पार्क निर्माण गर्नका लागी बन कार्यलयबाट ७ लाख ३९ हजार प्राप्त भएको सिद्धिगणेश सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष बिजय नेपालले जानकारी दिनुभयो ।
सानोसिरुवारीमा निर्मित पालेथुम्की पार्कको बागमती प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री युवराज दुलाल शरदले बिहिवार एक कार्यक्रमकाबीच उद्घाटन गर्नुभएको हो । उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री दुलालले राजनिती खिचातानी गर्नु भन्दा काम गरेर देखाउँन पर्ने भन्दै आफु कामममा विश्वास गर्ने भएकाले बिकासका कामहरुमा आफ्नो चासो रहने बताउँनुभयो । सबैको सहयोग, एकताका आधारमा मात्र बिकासको सम्भब भएकाले यसप्रती ध्यान दिन जरुरी भएको बताउँदै समग्र सानोसिरुवारीको विकासको लागी दिर्घकालीन सोचका साथ काम...
