सम्पर्क

सिन्धु राप्रपाद्धारा भदौं २७ गते काठमाडौंमा हुने बृहत् बिरोध कार्यक्रमलाई सफल बनाउन अनुरोध

राष्ट्रिय प्रजातन्त्र पाटि चौतारा साँगाचोकगढी नगर कार्यसमितिले आगामि भदौ २७ गतेको काठमाडांैमा हुने बृहत् बिरोध कार्यक्रमलाई सफल बनाउँन सबैलाई अनुरोध गरेकोे छ । राप्रपा नगर अध्यक्ष शेर बहादुर ठकुरीले बैठकको अध्यक्षता गर्दै नगरमा सक्रिय रहेका वडा कार्यसमितिलाई अझ सक्रिय बनाउँने र निष्कृय रहेको वडा कार्यसमितिलाई सक्रिय बनाउँने गरि पाटिलाई सक्रिय गराउँने काममा लागि पर्नु पर्ने बताउँनुभयो ।
शुक्रबार चौतारामा बसेको बैठकमा राप्रपाका केन्द्रीय सदस्य दईन्द्र बहादुर ठकुरीको प्रमुख अतिथ्यतामा, केन्द्रिय सदस्य चिरागमान सिंह कुँवर, केन्द्रीय सदस्य तथा चौतारा साँगाचोकगढी नगरपालिका भौगोलिक सङ्गठन विस्तारका प्रमुख चोकराज घिमिरे, राप्रपा बागमति प्रदेश २ नं. क्षेत्र प्रदेश क का अध्यक्ष बाबुराम खड्का, उपाध्यक्ष मदन केसि, राप्रपा सिन्धुपाल्चोक जिल्ला कार्यसमितिका सहसचिब ध्रुव कुमार थापा, जिल्ला सदस्य हरि बहादुर नेपाल, सरस्वति थापा, सुन्तलि ढुङ्गेल, राम बहादुर श्रेष्ठ, राप्रपा ट्रेड युनियनका केन्द्रिय सदस्य भेष बहादुर सिंह, केन्द्रिय सदस्य तोक बहादुर तामाङ, राप्रपा २ नं. क्षेत्रिय सचिव देवराज गरुङ्ग लगायत १४ वटा वडा कार्यसमितिका पदाधिकारीहरु नगर कार्यसमितिका पदाधिकारिहरुको उपस्थिति रहेको थियो । राप्रपा नगर उपाध्यक्ष राजकुमार कुँवरले बैठक सञ्चालन गर्नु भएको थियो ।
बैठकलाई सम्बोधन गर्ने क्रममा २ नं. क्षेत्र बागमति प्रदेश सभा क का अध्यक्ष बाबुराम खड्काले सनातन हिन्दु राष्ट्र पुनस्थापनाका लागि सबै लागि पर्नुपर्ने बताउँनु भयो ।

उहाँले, राप्रपाले झुटो बोल्न नसकेको कारण पाटि पछि परेको तर अब सत्यको पालो आएको छ, त्यसकारण सत्यको बिजय हुन लागेको हँदा अब राप्रपाको पालो आएको बताउनु हुँदै भदौ २७ गते हुने बिरोध कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह गर्नुभयो ।
त्यस्तै राप्रपा उपाध्यक्ष मदन केसिले सङ्गठन सुदृढिकरणका लागि सबै लागिपर्नु पर्ने बताउँनुभयो । केन्द्रिय प्रतिनिधि चोकराज घिमिरेले कागजिरुपमा मात्र होईन व्यवहारिक रुपमा पाटिको सङ्गठन बनाउन पर्ने भन्दै नेपालमा राप्रपाको भबिष्य राम्रो छ राप्रपा बाहेक अरु बिकल्प नभएको बताउनु भयो । केन्द्रीय सदस्य चिराग सिंह कुँवरले राप्रपाले अब नेताको अघिपछि लाग्नेले होईन जनताका अघिपछि लाग्नेलाई नेता मान्ने बताउँनु भयो ।
प्रमुख अतिथि केन्द्रीय सदस्य दईन्द्र बहादुर ठकुरिले राष्ट्रराष्टियताका लागि ॐकार परिवारको संरक्षण र शान्ति, बिकासका लागि राप्रपा आजको आबश्यकता भएको बताउँनुभयो ।
उहाँले राप्रपालाई जनताले मन पराएका छन भनेर कोठामा बसेर हुँदैन पाटिको नीति निर्देशिका र घोषणा पत्र बोकेर गाउँ जान पर्ने बताउँनु भयो । उहाँले ८० सालमा नै राज्य सत्ता उथलपुथल हुने र राप्रपाले उठाउँदै आएको बिषयलाई सम्बोधन हुने बताउँनु भयो । आर्थिक संकटमा सरकारको उदासीनता, बढ्दो बेरोजगारी, मूल्यवृद्धि जस्ता विषयमा गम्भीर बन्नका लागि सरकारलाई दबाब दिने उद्देश्यले भदौ २७ गते काठमाण्डौंमा हुने बिरोध सभा कार्यक्रम राप्रपाको लागि मात्र, होईन सिङ्गो राष्ट्रको लागि भएको बताउँनु हँदै ठकुरीले कार्यक्रममा सहभागी भईदिनहुन अनुरोध गर्नुभयो । बैठकले असोज २ गतेदेखी १५ गतेसम्म नगरका सबै वडाहरुमा केन्द्रिय सदस्यसहित वडा भेला गरि वडासमितीहरुलाई सक्रिय बनाउने निर्णय गरेको छ ।