सम्पर्क

महिला संघको तिज विशेष बाह्रविसेमा

नेपाल महिला संघ सिन्धुपाल्चोकले शुक्रबार बाह्रविसेमा तिज विशेष कार्यक्रम गरेको छ । शुक्रबार बाह्रविसे बजारमा एक कार्यक्रम आयोजना गरी नेपाल महिला संघ, नेपाल तरूण दल, नेपाल बिद्यार्थी संघ र लोकतान्त्रिक आदिवासि जनजातिको विभिन्न पदमा मनोनित भएकाहरूलाई सम्मान तथा बधाइ दिदै महीला संघले तिज बिशेष कार्यक्रम गरेको हो ।कार्यक्रममा प्रमुख अतिथी नेपालि कांग्रेस महामन्त्री गगन कुमार थापाले कार्यक्रमको उद्धघाटन गर्नु हँुदै राजा संग लडेको कांग्रेस पार्टी भित्रको रजौटा संग लड्न नडराउने बताउनुभएको छ । उहाँले १५ औँ महाधिवेशनमा पार्टी भित्रको परिवारवादलाई परास्त गरि तल्लो स्तरबाट नेतृत्व चयन हुने दाबी गर्नुहँुदै कांग्रेस भित्र प्रभाव छाड्न महिलाको भुमिका अहम हुने बताउँनु भयो । पार्टीभित्रको गुटको अन्त्य र पार्टीभित्रको विभेद अन्त्यका लागि टिकट वितरणको प्रणाली परिवर्तन गर्नुपर्ने समेत थापाले सो अबशरमा बताउनुभयो ।कार्यक्रममा बिशेष अतिथी नेपाली काँग्रेसका केन्द्रिय सदस्य मधुसुधन आचार्यले पार्टी रूपान्तरण तल्लो तहबाट सुरू गर्ने बताउँदै यसमा महिलाहरूको विषेश भुमिका रहने भएकोले सक्रिय ढंगले लाग्नुपर्ने बताउनुभयो ।कार्यक्रममा बागमति प्रदेश सभापति इन्द्र बहादुर वानियाँले नेपाली कँग्रेस बिभन्नि मिसन सफल पार्दै यहाँसम्म आइपुगेको बताउनुभयो । पार्टीले राँणा फाल्ने, माओवादिलाई शान्ति प्रकृयामा ल्याउने लगायतका महत्वपूर्ण मिसन सफल पारेको उहाँले बताउनुभयो ।नेपाली काँग्रेसका जिल्ला सभापती जङ्ग बहादुर लामाले सिन्धुपाल्चोक काँग्रेसमा कुनै गुट उपगुट नभएको स्पष्ट पार्नु भयो ।कार्यक्रममा नेपाली काग्रेसका क्षेत्रीय सभापति तथा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले संगठन बिस्तार सँगै प्रशिक्षण पनि दिन जरूरी रहेको धारणा राख्नुभयो । उँहाले भ्रातृ र सुभेच्छुक संगठन एक भएमा जिल्लामा कांग्रेस एक नम्बर हुने बताउँदै पार्टी बलियो हुन विधि संमत ढंगले चल्नुपर्ने बताउनुभयो ।कार्यक्रमका सभापति महिला संघ सिन्धुपाल्चोकका अध्यक्ष गिता नेपालले महिलाहरू घरको काममा मात्रै घोटिने नभई बाहिर निस्किनुपर्ने र राजनितिक रूपमा नेतृत्वमा जान सक्नुपर्ने बताउनुभयो । महिला संघ सिन्धुपाल्चोकका अध्यक्ष गिता नेपालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश सहमहामन्त्री हरीशरण श्रेष्ठ, जिल्ला सभापति जंग बहादुर लामा, पुर्व जिल्ला सभापति भुपेन्द्र थापा, पुर्व मन्त्री निमा लामा ,नेपाली काँग्रेसका नेताहरु लिला नेपाल, , सगुन श्रेष्ठ, दोर्जे लामा हाउडे लगायतले पाटी बिधी बिधान अनुसार चल्न पर्ने भन्दै पाटी कसैको निजी बिचारमा नचल्ने बताउँनु भयो ।