सम्पर्क

शिक्षक युनियन सिन्धुमा सुनुवार

माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल सिन्धुपाल्चोक जिल्ला कार्यसमितिको दोश्रो जिल्ला अधिवेशनले मिन बहादुर सुनुवारको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिती निर्वाचित गरेको छ ।
शनिबार चौतारामा सम्पन्न भएको माध्यमिक विद्यालय शिक्षक युनियनका केन्द्रीय अध्यक्ष टीका प्रसाद न्यौपानेको प्रमुख अतिथ्यता र केन्द्रीय अर्थ उपमहासचिव यज्ञ घिमिरेको विशेष आतिथ्यतामा अधिवेशन भएको हो । अधिबेशनले महिला उपाध्यक्षमा भिमा राई पुरुष उपाध्यक्षमा बलराम नेपाल, सचिबमा प्रकाश सापकोटा, सह–सचिवमा सोम बहादुर सिंगर, कोषाध्यक्षमा रञ्जित शाह, र सदस्यहरुमा गोबिन्द त्रिताल, तारा दाहाल, प्रदिप कोइराला, गोबिन्द प्रसाद भुसाल, प्रेम बहादुर चलाउँने, अदिप अधिकारी, गिता सापकोटा, र डिक बहादुर राई निर्विरोध निर्वाचित हुनु भएको छ ।
अधिवेशनको खुला सत्रमा युनियनका पूर्व केन्द्रीय सदस्य बोधराज भट्रराई, चौतारा साँगाचोकगढी नगरपालिकाका सामाजिक बिकास शाखाका प्रमुख एवम १३ नं. वडाका वडाध्यक्ष राम प्रसाद गौतम, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका केन्द्रीय सदस्य बद्रि प्रसाद नेपाल, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका बागमति प्रदेश सचिब राजेन्द्र कुमार श्रेष्ठ, नेपाल शिक्षक महासङ्घ सिन्धपाल्चोकका सह–अध्यक्ष श्याम कुमार सापकोटा, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका जिल्ला अध्यक्ष लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
मन्तब्यका क्रममा कार्यक्रममका प्रमुख अतिथी माध्यमिक विद्यालय शिक्षक युनियनका केन्द्रीय अध्यक्ष टीका प्रसाद न्यौपानले शिक्षकहरु आफुपनि सक्रिय रुपमा लागेर आफ्ना समस्यालाई समधान गर्न लागि पर्नुपर्ने बताउँदै सरकारले १२ पढाउँने शिक्षकलाई वास्ता नगरेको सरकार र महासंघ मिलेर उमाबिको शिक्षकको सेवा सुबिधा प्रती वेवास्था गरेको बताउँनु भयो ।उँहाले उमाबी शिक्षक बिद्यार्थीका हितका लागि सबै मिलेर अगाडि बढ्न पर्ने बताउँनुभयो । बिशेष अतिथी माध्यमिक बिद्यालय शिक्षक युनियन नेपाल का केन्द्रिय अर्थ उपमहासचिव यज्ञ घिमिरेले उच्च माबिमा पढाउँने अर्थात ११÷१२ मा अध्यापन गराउने शिक्षकहरुको हक हित र संरक्षणका लागि स्थापित भएको संस्था हँुदा उमाबकिो शिक्षकको हितमा काम गरिरहेको बताउँनुभयो । उहाँले यस स्तरका शिक्षकले जागिर छोड्दा अन्तिम महिनाको तलब बाहेक केही सुबिधा नभएको गुनासो गर्दै उच्च माबिमा पर्याप्त शिक्षक नभएका कारण शिक्षण सिकाइमा समस्या परेको छ । शिक्षा ऐनमा भएको कमि कमजोरीलाई प्रधानमन्त्रिले ढाकछोप गर्नका लागि प्रधानमन्त्रिले बाटोमा संसोधन भएछ भन्ने कुरा भ्रामक र गैर जिम्मवेवारी कुरा गरेर शिक्षकलाई भुलाउने काम भएको बताउँनु भयो । ११ र १२ अध्ययन गर्ने बिद्यार्थी र शिक्षकको समस्याका लागि आफु लागि परेको बताउँनु हुदै सरकारले शिक्षकको हित विपरितका ऐनहरु संसोधन गर्नका लागि आ—आफ्नो क्षेत्रबाट माननियहरुलाई दवाब दिन लगाउँन अनुरोध गर्नुभयो ।
युनियनका पूर्व केन्द्रीय सदस्य बोधराज भट्रराईले उच्च माध्यमिक विद्यालयका शिक्षकलाई राज्यले चिन्न नसकेकोमा दुखेसो पोख्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व केन्द्रीय सदस्य भट्टराईले उच्चमाबिमा अध्यापन गराई रहनु भएका ११ र १२ पढाउँने शिक्षकहरुलाई पनि स्थायी रुपमा रहने गरि स्थायी गर्नुपर्ने बताउँनु हुँदै सरकारले हाल भईरहेका शिक्षकलाई स्वत स्थायी गर्ने ब्यवस्था मिलाउन सबै पक्षसँग अनुरोध गर्नुभयो । नेपाल राहत शिक्षक सङ्घठनका जिल्ला अध्यक्ष राजेन्द्र सापकोटाले राहत शिक्षकलाई एकता हुन जरुरी रहेको र एकताले नै शिक्षकको माग सम्बोधन हुने बताउँनु भयो । नेपाल शिक्षक संघ बागमति प्रदेस प्रतिनिधी तिलक प्रसाद दङ्गालले शिक्षकहरु अब एकता बद्ध भएर आफ्नो समस्या समधान गर्न लागि पर्नपर्ने बताउँनु भयो । यसैगरि एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका जिल्ला अध्यक्ष राजकुमार यादवले माध्यमिक तहका शिक्षकहरुको माग र समस्या समधान गर्नका लागि आफु र आफ्नो सङ्गठन लागि पर्ने बताउँदै योग्यताका आधारमा शिक्षकको मर्यादा हुन पर्ने बताउँनु भयो । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन बागमती प्रदेसका सचिब राजेन्द्र श्रेष्ठले उमाबिका शिक्षकहरुलाई विशेष दरबन्दिको श्रृजना गरेर भएपनि उमाबिको शिक्षकको माग सम्बोधन हुनपर्नेमा जोड दिनुभयो । नेपाल शिक्षक महासङ्घका जिल्ला सह–अध्यक्ष  श्याम सापकोटाले शिक्षकको हरेक मागहरु मध्य स्थानिय, प्रदेश र केन्द्रसँग सम्बन्ध छन । महासङ्घले सबै मागहरुलाई सम्बोधन गराउँन महासंघ लागि परेको बताउँनुभयो । कार्यक्रममा आफ्नो भनाई राख्दै एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका केन्द्रीय सदस्य बद्रि प्रसाद नेपालले उच्च माध्यमिक बिद्यालका शिक्षकहरुको समस्या समधानका लागि आफु र आफ्ना संगठन लागि पर्ने बताउँनु भयो । उहाँले जसलाई पिडा परेको छ त्यो नै आन्दोलनमा सक्रिय भएको पाईन्छ, तल्लो तहका साथिहरु माथिल्लो तहमा गएपछि तल्लो तहका समस्याहरु भुलेको हो कि भन्ने देखिएको भएतापनि त्यस्तो नभएको बताउँदै दरबन्दी मिलानमा सबैलागि पर्नुपर्ने बताउनु भयो । कार्यक्रममा बोल्दै चौतारा साँगाचोकगढी नगरपालिका सामाजिक बिकास शाखाका संयोजक राम प्रसाद गौतमले शिक्षकहरु टुटेर होईन जुटेर एकैठाउँमा रहेर आफ्ना समस्या राख्ने गरेमा समस्या समधान हुने बताउँनु भयो । स्थानिय सरकार शिक्षकहरुसँग हातेमालो गर्दै समस्या समाधान गर्न लागि पर्ने बताउँनुभयो । चौतारा बहुमुखी क्याम्पसमा भएको कार्यक्रमको स्वागत मन्तब्य युनियनका बरिष्ठ उपाध्यक्ष मीन बहादुर सुनारले राख्नुभएको थियो । उपस्थितलाई स्वागत गर्दै उहाँले शिक्षण पेसामा देखा परेका र भोग्न परेको समस्या र त्यसको समधानका बारेमा धारणा राख्नु भएको थियो । कार्यक्रम युनियनका अध्यक्ष बिष्णु प्रसाद अधिकारीको सभापतीत्वमा भएको थियो भने सचिव रेशम खत्रीले कार्यक्रम संचालन गर्नुभएको थियो । कार्यक्रममा जिल्ला भरिका माबिका शिक्षकहरुको उपस्थिति रहेको थियो ।