गौ हत्याको विरोध गर्दै काठमाडौंमा सदभाव ¥याली निकालिएको छ ।बौदिक सनातन धार्मिक महासंघको आह्वानमा शनिबार काठमाडौंको
माइतीघरदेखि नयाँ बानेश्वरसम्म शान्तिपूर्ण ¥याली निकालिएको हो । गौहत्यारालाई कारबाही गर, धर्म निरेक्षपता खारेजी गर जस्ता नाराहरु लगाउँदै धार्मीक ¥याली निकालेको हो । क्रिस्चियन धर्मको प्रचारबाजी निषेध गर्न पनि सरकारसँग माग गर्दै ¥यालीका सहभागीले नारा लगाएका थिए । नेपालमा धर्म–संस्कृतिविरोधी गतिविधि बढेकाले आफूहरूले त्यसको संरक्षणका निम्ति प्रदर्शन गर्नुपरेको ¥यालीमा सहभागीहरुले बताएका छन् । राष्ट्रिय झण्डासहित सहभागी भएका हजारौका संख्यामा उपस्थित भएका नागरिकहरूले नेपाल हिन्दुराष्ट्र नै कायम हुनुपर्नेमा जोड दिएका थिए । यसैबिच यही भाद्र २२ गते सर्लाही जिल्लाको मलङ्गवामा श्रीकृष्ण जन्माष्टमीको मुर्ति विसर्जन यात्रामाथि भएको आक्रमणको घटना प्रति विश्व हिन्दू परिषद नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बिश्व हिन्दु परिषदका महासचिब जितेन्द्र कुमार सिंह द्धारा जारी बिज्ञेप्तमा यस्तो जनाइएको हो । बिज्ञेप्तीमा जिहादी मानसिकता भएका तत्वहरुद्वारा घटाइएको उक्त घटनाको विश्व हिन्दू परिषद नेपाल घोर भत्र्सना गर्दछ साथै घटनामा संलग्न अपराधीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकाय समक्ष जोडदार माग गर्दछ ।मुस्लिम समुदायका व्यक्तिहरुले एक्कासी भक्तजनहरु माथि घरभित्रबाट अस्लिल गालीगलौज सहित, तातोपानी फ्याक्न तथा ढुङ्गामुढा गर्न थालेपछि स्थानीय भक्तजनहरु गम्भीर घाइते भएका छन । महिला तथा बालबालिका समेतलाई लक्षित गरी मुस्लिमहरूद्वारा गरिएको उक्त आक्रमणको घटनाले सम्पूर्ण सनातन हिन्दु समाजलाई आहात एवं आक्रोशित बनाएको छ ।
आतंकी तथा अपराधी प्रवृतिका तत्वहरुको समय मै कानुनी उपचार हुन नसक्दा मुस्लिम आयोग तथा मुस्लिम प्रशासकहरुको संरक्षणका कारण सर्लाही लगायतका जिल्लाहरुमा यस्ता घटना घटाउन उनीहरुको मनोवल बढेको देखिन्छ । उक्त घटनामा संलग्न कट्टर जिहादीहरुलाई कारवाही गर्नुको साटो निर्दोष हिन्दु युवाहरुलाई प्रहरीद्वारा हिरासतमा लिइनुले प्रहरीको कार्यशैली प्रति पनि प्रश्न चिन्ह खडा भएको छ । पक्राउ गरिएका हिन्दु युवाहरुलाई निसर्त रिहा गरिएन भने हामी कठोर कदम चाल्न बाध्य हुनेछौं । सनातन हिन्दू धर्मलाई समाप्त पार्ने मनशायले हिन्दू विरोधी तत्वहरु सक्रिय रहेकाले यस्ता हिन्दू विरोधी तत्वहरुलाई निरुत्साहित गर्न सबैलाई संगठित भई अगाडी बढ्न विश्व हिन्दू परिषद नेपाल हार्दिक आग्रह गर्दछ । साथै आपसी एकता कायम राख्दै अपराधीहरूलाई कानुनी दायरामा ल्याउन दवाव सिर्जना गर्न समेत अपिल गर्दछ । घटनामा परी घाइते भएका भक्तजनहरुको शीघ्र स्वास्थ्य लाभको लागि विश्व हिन्दू परिषद नेपाल परिवार भगवान पशुपतिनाथ सँग प्रार्थना गर्दछ भनीएको छ । त्यसैगरी घर घरमा बाइबल बोकेर जाने धरानका इसाई धर्म प्रचारकलाई कालो मोसो दल्ने क्रममा जनकपुरको परिक्रमा रोड बल्बाटोल नजिकै जनकपुर ट्रमा सेन्टर हस्पिटल नजिकै इसाई धर्म सच्चाइ केन्द्रको प्रचार प्रसार गर्ने महिला धनसरी राई र पुरुष दीपेन्द्र घिमिरेलाई हिन्दु सम्राट् सेना नेपाल अमित राउतको नेतृत्वमा स्थानीय हिन्दुवादी लगायत अन्य हिन्दुवादी हरुद्वारा कालो मोसो दली प्रशासनलाई बुझाएको समाचार आएको छ ।
