सम्पर्क

जनतासँग माओवादी विशेष रुपान्तरण अभियान औचित्य र चुनौति बिषयक अन्तरक्रिया चौतारामा

नेकपा माओवादी केन्द्र चौतारा साँगाचोकगढी वडा नं. ५ कमिटिले जनतासँग माओवादी विशेष रुपान्तरण अभियान औचित्य र चुनौति बिषयक अन्तरक्रिया कार्यक्रम गरेको छ ।
शनिबार चौताराको सहिद स्मृति भवनमा भएको अन्तरक्रिया कार्यक्रमको आयोजना वडा नं. ५ वडा कमिटिले गरेको हो । नेकपा माओवादी केन्द्र वडा कमिटिका अध्यक्ष कोमल बहादुर श्रेष्ठको अध्यक्षतामा नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य हिमाल शर्माको प्रमुख अतिथ्यतामा भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि हिमाल शर्माले पाटिको तल्लो तहका कार्यकर्ताको समस्या र कार्यकर्ताको माग के छ ? स्थिति र त्यहाँको समस्या के हो ? कसरी समाधान गर्ने भन्ने बारेमा पाटिको केन्द्रीय नेताहरुले जानकारी पाउन भन्दै पाटिको कुनै पनि तल्लो जनताको वर्गका कुरा बुझ्न नसकेको र यसमा नेताहरुबाट गल्ती भयो वा जनताबाट के कस्ता सहयोग गर्न पर्ने भन्ने बारेमा जानकार हुन समेत आवश्यक भएकोले यो अभियान गरेको बताउँनु भयो । उहाँले नेकपा माओबादि पाटिलाई हिजो जनताले बोकेर हिडेका थिए तर माओबादिलाई जनताले हराएका छैनन तर एक छिनका लागि बिसाएका हुन भन्ने पाटिले ठानेको छ भन्नुभयो ।कार्यक्रममा पाटिले सङ्गठन सञ्चालन, सरकार सञ्चालन र व्यस्थापनमा ढङ्ग पुर्याउन नसकेको स्विकार गर्दै यसैका लागि पनि कुन कहाँ कसरी कमजोरी भयो यो कसरी सुधार्ने भन्ने बिषयमा पाटिले यो कार्यक्रम ल्याएको बताउँनुभयो । उहाँले पाटिको नेताका छोराछोरी चाहिँ पाटिका कुन कुन जिम्मेवारिमा छन भन्ने प्रश्नको जवाफमा शर्माले डाटा सङ्कल भई रहेको र त्यसको सार्वजनिककरण गरिने बताउँनु हुँदै पाटिले प्रत्यक्ष जनताकाका आवाजलाई सङ्कलन गरेर नीति अगाडि बढाउँन लागेको बताउँनु भयो । जनताको बिचमा गयर जनताको भित्रि मनले के मागेका छ ? कार्यकर्तालाई के आबश्यक छ भन्ने कुरा को यथार्थमा रहेर सबैको मन बुझेर उँहाहरुको मनलाई सम्बोधन हुने खालका नीति िनर्माण गर्नकालागि घरघर, टोलटोलमा पिढि पिढिमा गएर हरेक जनताको कुरा लियर केन्द्रमा लगेर समस्या समधान गर्ने कार्यक्रमको मुख्य उद्वेश्य रहेको बताउँनु भयो । अन्तरक्रिया कार्यक्रममा आफ्नो मन्तब्य राख्दै रबिन्द्र श्रेष्ठले माओबादिले काङ्ग्रेसले ब्याज खाय जस्तो ब्याज मात्र खान खोज्ने भन्दा पनि सङगठन बलियो बनाउँन लागि पर्न अनुरोध गर्दै कृषि उत्पादन र स्थानिय रोजगारका लागि पहल गर्न पर्ने बताउँनु भयो । अन्तरक्रिया कार्यक्रममा सहभागीहरुको तर्फबाट गुणकेशरि श्रेष्ठले भ्रष्टचारिलाई गरिएको कार्वाहीबाट पछि नहट्न अनुरोध गर्नुभयो । अन्तरक्रिया कार्यक्रम माम आफेनो भनाई राख्दै सुभाष विकले पाटिले दलित आवाज बिर्सिएको अनुभव भएकाले यस प्रति ध्यान दिन पर्ने बताउनु भयो । कार्यक्रममा ढावा छिरङ्ग लामाले किसानलाई सहयोग गर्न नसकेकोमा दुख ब्यक्त गर्दै बिरामिको घाउको टाकालाउन नसक्नेलाई डाक्टर बनाएर अस्पताल पठायको हुँदा जनतासँग माओेवादीको कार्यक्रमले जनतालाई कसरी राहत दिन्छ भनी प्रश्न गर्नुभयो । त्यसैगरि निर्मला श्रेष्ठले युवाहरु बिदेशिने क्रम देखियकोले यसलाई रोक्न स्वदेसमा रोजगारको ब्यवस्था गर्न पहल गर्न पर्ने बताउनु भयो । कार्यक्रममा आफ्नो भनाई राख्दै निश्चल पाण्डेले कुर्सीमा बसेर होईन जङ्गलमा आएर कृषकसँग रहेर उत्पादनमुलक काममा लाग्नु पर्ने आवश्यकता रहेको बताउनुभयो । नेकपा माओवादीका वडा नं. ८ का अध्यक्ष रामकृष्ण दङ्गालले माओवादिको १० बर्षे जनयुद्व भई १२÷१३ बर्षको अन्तरालमा ब्यवस्था परिबर्तन भयो तर जनताको परिबर्तन भएन नेताहरुको छोराछोरि बिदेशमा पठायर जनतालाई मात्र माओवादीको नीति खोज्ने काम गर्नु गलत भएको बताउँनु भयो । शिक्षकहरुको तर्फबाट बोल्दै शिक्षक दिपक श्रेष्ठले उत्पादनमुलक काममा पाटि लाग्नु पर्ने बताउनुभयो । अनेरास्ववियु जिल्ला उपसंयोजक प्रबिण चौलागाईले माओबादिको नारा भित्र रहेर काम गर्न नसकेको हुँदा त्यसतर्फ ध्यान दिन पर्ने बताउँनु भयो । पाटिको बुद्विजिवि सङ्गठन तथा नगर शिक्षा शाखाका गोपाल खड्काले पाटिले ल्यायको नीति र कारणयक्रम ठिक समयमा ठिक बेलामा आएको बताउँनुभयो ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष जीवन श्रेष्ठले ब्यबस्था परिबर्तनमा भुमिका राम्रो भएपनि माओेवादीले गरेको काम राम्रा भए पनि प्रचारप्रसारमा पछाडि परेको बताउँनुभयो ।
मिना नेपालले सञ्चालन गर्नु भएको कार्यक्रममा शिक्षक बिद्यार्थि, किसान लगायत सर्बसाधरणको उपस्थिती रहेको थियो । कार्यक्रममा सहभागि कार्यकर्ताहरुले माओवादीले जनतासँग गरेका बाचा पूरा गर्न नसकेकोले यस तर्फ ध्यान दिन पर्ने बताएका छन ।