नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान अन्तरगत देशैभरी सरसफाईको अभियान गर्दै सुरु गरेको छ ।
शनिबारबाट सुरु भएको सरसफाइ कार्यक्रम सिन्धुपाल्चोकमा पनी भएको छ । सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा नेकपा माओबादीका नेता श्यामकृष्ण श्रेष्ठ, उमा प्रसाद दुलाल लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागीतामा बजार सरसफाई गरिएको थियो भने नगरपमलिकाको वडा नं. १४ मा बद्री प्रसाद नेपाल, लालबहादुर श्रेष्ठ सहतिका माओबादी नेता तथा कार्यकर्ताहरु सहितले फोहोर सफा गरेर कार्यक्रम गरेका थिए । यसैगरी नगरपालिकाका १४ वटै वडा लगाएत देसै भरी यो सरसफाइको अभियान चलाइएको नेकपा माओबादी केन्द्रले जनाएको छ ।
२०८४ सालको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको परिणाम आफ्नो पक्षमा सुनिश्चित गर्ने मुख्य लक्ष्य बनाएर सुरु गरेको अभियानको पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चन्द्रागिरि नगरपालिका–२ स्थित भट्टेडाँडाबाट देशभर एकसाथ अभियानको सुरु भएको माओवादी केन्द्रका प्रचार बिभाग प्रमुख अग्नि सापकोटाले जानकारी दिनुभयो ।
