सम्पर्क

प्रहरी उपरिक्षकद्वारा जेष्ठ नागरिकसँग भेट

सिन्धुपाल्चोक जिल्ला जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरिक्षक बाल नरसिंह राणाले चौतारामा रहेको बृद्वाआश्रममा रहेका जेष्ठ नागिरकहरुसँग भेटघाट गर्नु भएको छ । उहाँ सहितको टोलिले जनैपुर्णिमाको अवसर पारेर १४ गते चौतारा साँगाचोकगढी नगरपालिका — ५ स्थित वृद्धाआश्रमका बृद्धवृद्धाहरुलाई भेटघाट गरि उहाँहरुका समस्याहरुका बारेमा छलफल गर्नु भएको छ ।
सो अबसरमा उहाँसहितको टोलिले खाद्यान्न, फलफुल र जुस वितरण गर्नु भएको थियो । साथै सो अवसरमा उहाँले बृद्वआश्रममा रहेको बृद्वबृद्वाहरुलाई कुनै समस्या हुन नदिन आफुहरु पनि लागि पर्ने बताउँदै केही समस्या भएमा आफुले गर्न सक्ने सहयोग गर्ने समेत बताउँनु भयो ।
उहाँलाई जेष्ठ नागिरकहरुले आशिर्वाद दिदै धन्यबाद व्यक्त गर्नुभयो ।