नेपाल प्रेस युनियन सिन्धुपाल्चोक शाखाको सदस्य चण्डिका नेपालीलाई मातृशोक परेको छ ।
उहाँको ममतामयि माता दिलमाया नेपालीको उपचारको क्रममा शुक्रबार वीर अस्पतालमा निधन भएपछि मातृ शोक परेको हो ।
युनियन सदस्य चण्डिका नेपालीको आमाको मृत्युप्रति नेपाल प्रेस युनियन सिन्धुपाल्चोकले दुःख व्यक्त गरेको छ ।
युनियनका सचिव अिनश तिवारिले एक शोक विज्ञप्ति प्रकाशित गरी मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।
