सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाका विभिन्न क्याम्पस र विद्यालयमा लका बीएलएलबी चौथो वर्षका विद्यार्थीले कानुनी साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।
आइतबारदेखि शुक्रबारसम्म सञ्चालन हुने उक्त कार्यक्रमको कानुनी सचेतना कार्यक्रमअन्तर्गत ८५ जना विद्यार्थीलाई ७ समूहमा विभाजन गरी नगरपालिकाका एक दर्जन माध्यमिक विद्यालय र एक दिनभन्दा बढी सामुदायिक विद्यालयमा नागरिकसँग अन्तरक्रिया तथा छलफल भइरहेको कानुनी साक्षरता समूह–७ का समूहका संयोजक सन्दीप कुमार यादवले जानकारी दिनुभयो ।
काठमाडौं स्कुल अफ लको क्लिनिकल लिगल डिपार्टमेन्टका सहप्राध्यापक तथा संयोजक ज्ञानु गौतमले विद्यार्थीलाई समाजमा अध्ययन गर्न प्रेरित गर्ने उद्देश्यले क्याम्पसले विद्यार्थीको समाजप्रतिको दायित्व बढाउन हरेक वर्ष कानुनी साक्षरता कार्यक्रम आयोजना गर्दै आएको बताउनुभयो ।
मंगलबार कृष्णरत्न गंगा माध्यमिक विद्यालयमा विद्यार्थीसँग अन्तरक्रिया गरेका समूह–७ का समूहका संयोजक सन्दीपकुमार यादवले यस कार्यक्रमबाट विद्यार्थीलाई आफूले थाहा पाएको कानुनी ज्ञान दिन पाउँदा निकै खुसी लागेको बताउनुभयो । अर्का विद्यार्थी ऋतिक यादवले क्लिनिकल कानुनी तालिमको माध्यमबाट क्याम्पस सामाजिक कार्यमा विद्यार्थीहरूलाई नियमित रूपमा संलग्न गराउने गतिविधिको प्रशंसा गर्दै यस कार्यक्रमले कानुनी तालिमको व्यावहारिक पक्षमा सहयोग पुगेको धारणा व्यक्त गर्नुभयो । काठमाडौं स्कूल अफ लॉ देशको एक मात्र कानून क्याम्पस हो जसलाई विश्वविद्यालय अनुदान आयोगले त्तब्ब् द्वारा मान्यता दिएको छ । उक्त क्याम्पसले राज्यमा नैदानिक कानुनी सजायको माध्यमबाट व्यावहारिक कानुनी सजायको माध्यमबाट आधुनिक कानुनी समाज सिर्जना गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।
