सम्पर्क

सुनकोसी घट्टेखेलाबाटै सडक स्तोरन्नती गर्ने सहमती

सिन्धु पाल्चोक जिल्ला सुनकोसी गाउँपालिका वडा नं ५को घट्टेखेलाबाट सडक स्तोरन्नती गर्ने सहमती भएको छ ।
सुनकोशी गाउँपालिकावडा नं –५ रतनकोट हुदै वडा कार्यालयसम्मको सडक स्तोरन्नतीका लागि सुनकोशी गाउँपालिकाले चालु आर्थिक वर्षमा १ करोड बजेट विनियोजन गरेपछी योजना कार्यन्वयनका लागी भएको छलफलमा उक्त सहमती भएको हो । पालिकाबाट बिनियोजित उक्त बजेटबाट सडक स्तोरन्नतीका लागि प्राविधिक नापजाँच र स्टीमेट सुरु भएको छ । सुनकोशी गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिना,उपाध्यक्ष कान्छी लामा,वडाध्यक्ष जालबहादुर लामा,निमित्त प्रमुख प्रशासकीय अधिकृत युगबहादुर खडका,प्राविधिक शाखा प्रमुख इन्जिनियर बद्री भुजेल,वडा सदस्य पासाङ तामाङ लगायत स्थानीय भद्रभलादमी को भेलाबाट रतनकोट स्थित घट्टेखेलाबाटै सडक स्तोरन्नती गर्ने सहमती भएको छ । थोरै बजेटबाट पनि धेरै काम गर्नै उदेश्यले सडक स्तोरन्नती गर्दा कटिङको काम गाउँपालिकाको डोजरबाट आफैले गर्नै र अन्य कामहरु ठेक्का मार्फत गर्ने स्थानीय सँग सहमती भएको छ । प्राविधिक नापजाँच पछि केही दिन भित्रै टेण्डर मार्फत निर्माण प्रक्रिया अगाढी बढाइने भएको छ