सम्पर्क

आत्महत्या सम्बन्धी समाचार सम्प्रेषण गर्दा सञ्चारमाध्यम संवेदनशिल हुनुपर्ने

आत्महत्या सम्बन्धी समाचार सम्प्रेषण गर्दा सञ्चारमाध्यम संवेदनशिल हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।बागमती प्रदेशकी वन तथा वातावरण मन्त्री मसिना खड्का भण्डारीको प्रमुख आथित्यतामा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको अयोजनामा बागमती प्रदेशको राजधानी हेटौंडामा भएको आत्महत्या रिपोटिङ सम्बन्धी कार्यशाला गोष्ठीमा सहभागीहरुले यस्तो बिषयमा जोड दिएका हुन । कार्यक्रममा बागमती प्रदेशकी वन तथा वातावरण मन्त्री मसिना खड्का भण्डारीले प्रमुख अतिथी आसन बाट बोल्दै आत्महत्या जस्तो संवेदनशिल विषयमा सञ्चारमाध्यमले सजगता अपनाएर सूचना दिनुपने बताउनु भएको छ । कार्यक्रममा बोल्दै मन्त्री भन्डारीले नकरात्मक सोचले आत्महत्या बढेको बताउनुभयो । उहाँले स्थानीय सरकारले विद्यालय, समूदाय, टोलटोलमा विभिन्न कार्यक्रम गर्नुपर्नेमा जोड दिदैं अभिभावकले आफ्ना सन्तानहरु प्रति बढि चासो निगरानी गर्न सके आत्महत्याका घटना कम हुने बताउनु भयो । गाउँगाउँ, शहरशहरमा सचेतना फैलाउनुका साथै आत्महत्याका घटनालाई बढी प्राथमिकतामा राखेर समाचार नलेख्न आग्रह समेत गर्नु भएको छ।कार्यक्रममा मानसिक स्वास्थ्य, आत्महत्या गर्नुको कारण, रोकथामका विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।कार्यक्रममा आत्महत्या सम्बन्धि जिम्मेवारपुर्ण रिपोर्टिङले आत्महत्याको जोखिम घटाउन मद्धत गर्ने राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्दकी निमित्त निर्देशक शिला श्रेष्ठले बताउनुभयो । आत्महत्या विधिको वर्णन गर्ने, भ्रमपुर्ण सूचना पटक पटक प्रसारण गर्ने गर्दा आत्महत्याको देखासिकि गर्ने सम्भावना ज्यादा हुने हुँदा जिम्मेवारपुर्ण रिपोर्टिङको लागि उहाँले आग्रह गर्नुभयो ।निमित्त निर्देशक श्रेष्ठले आत्महत्या सम्बन्धी सूचना संप्रेषण गर्दा प्रसारित सामग्रीबाट पुग्न सक्ने नकारात्मक प्रभावबारे संवेदनशिल हुनुपर्ने आवश्कता औंल्याउनुभयो । कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठ, प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका बसन्त अधिकारी, स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्ण मिजार, पत्रकार महासंघ बागमती अध्यक्ष शिव देवकोटा लगायतको आथित्यता रहेको स्वास्थ्य मन्त्रालयका प्रेस संयोजक रामचन्द्र दुलालले जानकारी दिनु भयो ।