घनश्याम नेपाल (शीतल )
हे नारायण कृष्ण यो जगतमा होला कसोरी भलो
दश् औँला गरिबिन्ति गर्छु प्रभु हे मै पाउँमा पर्छु हे ।
यो संसार वडो अचम्म सँगले घुम्दै र फिर्दै यहाँ
आँखा लाउँछ चार बेदहरूमा श्री कृष्ण खोज्दै यहाँ ।
मेरो मन्दिरको छ देश हँसिलो यस्तै कहाँ पाउँछु
सारा खोजि गरेँ न पाउँछु कतै पाईन मैले अरु ।
ब्रम्मा बिष्णु वडा महेश्वर झनै पुज्दै गरेको छु हो
ब्याख्या के गरुँ आज यो बखतमा मेरो यि श्रीकृष्ण को ।
मेरो उच्च हिमालको सगरमाथालाइ संम्मानमा
मान् पद्वी अति नै छ उच्च तहमा यो बिश्व ब्रम्माण्डमा ।
संसारै भरिमा छ औधि यसको चर्चा वडो चाखको
यस्ता पर्वतमा सदा शिवजिको आश्रम् महादेवको ।
मेरो राष्ट्र हिमालको धनि छ हो श्रीपार्वती बस्दछिन्
मेरो राष्ट्र दयालु भाव छ झनै मेरो पहाड् हाँस्दछिन् ।
आत्मा चिन्नु र जान्नु यो जगतमा बस्नेहरूले सदा
अर्काको कुभलो चिताउँन पनी सोच्नै नआवोस् सदा।
जप्दै हिड्छु म कृष्णको चरणमा पाऊँछु श्रीकृष्ण जो
माया औधि मलाइ बर्ष हुनगो बिश्वास औधी भयो ।
खोला कल् कल बग्दछिन् बगरमा कंचन् छ गंगा उति
यस्तो सुन्दर धर्तिमा छु म यहाँ सौभाग्य मेरो कती । ।
