मानव बेचबिखन बिरुद्धको राष्ट्रिय द्विसको अबसर पारेर चौतारा साँगाचोकगढी नगरपालिकाले एक अन्तरक्रिया कार्यक्रम गरेको छ ।
आइतबार चौतारामा भएको कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक बाल नरसिंह राणा लगायत सोसँग सरोकारवाला ब्यक्तिहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा साहयक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठले मानब बेचबिखन बिरुद्धका कार्यक्रमहरु गर्दा सरोकारवालाहरुका साथै गाउँगाँउमा गएर दुर्गम जहाँ कानुनका बारेमा जानकार छैनन त्यस्ता ठाँउहरुमा गएर गर्न सकेको खण्डमा अझ प्रभावकारीता हुने बताउँनु हँुदै मानव बेचबिखनका बारेमा सबैले जानकार भई यसका बिरुद्ध लाग्न पर्ने बताउँनुभयो । उहाँले हरेक गलत कार्यहरको बिरुद्धमा समाज लाग्न पर्ने भएकाले यो झन अति सम्बेदनशिल घटना भएकाले जबरजस्त करणी तथा मानब बेच बिखनका बिरुद्ध हरेक समाज अझ प्रभाबकारी ढगंले लाग्न पर्नै बताउँनु भयो । कार्यक्रममा प्रहरी उपरिक्षक बाल नरसिंह राणाले कती पय घटनाहरु गुपचुप रहने र कुनै कुनै ब्यक्तीहरुले आपसमा नै मिलाउँन खोज्ने भएका कारण आत्महत्या समेत हुने गरेको बताउँदै समाजले पनी यस्ता घटनालाई कानुनी उपचारका लागी सहजता गराउँन लागी पर्नु पर्ने बताउँनु भयो । कार्यक्रममा मेलम्ची नगरपालिकाको निवर्तमान उप प्रमुख भगवती नेपालले सिन्धुपाल्चोक जिल्लाले कानुनी कार्वाही गर्दा दफादफा लगाएर मानब बेचबिखनमा संलग्नलाई कडा कार्वाही गरी १७० बर्षसम्म जेल सजाए दिएको नजिर रहेको बताउनुभयो ।
उहाँले मानब बेचबिखनमा पढेलेखेका मानिसहरुनै बढी बिदेशीने तर कतिले जानाजान र कतिले नजानेर पनी बेचबिखनमा परेको बताउँनुभयो । कार्यक्रमको समापन गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाको उपप्रमुख सिता थापाले आफ्नो नगर पालिकाकमा मानब बेचबिखन बिरुद्धको राष्टिय दिबवसको सन्र्दभ पारेर जबरजस्ती करणी अपराधमा पिडित संरक्षण र सामुदायको दायित्व तथा भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम गरेर यस सम्बन्धि समुदायलाई पनी सजक गराउँने खालका कार्यक्रमहरुको जानकारी गराईदिएकामा आयोजक शुभअवशरग्राम नेपाललाई बिशेष धन्यबाद दिनुभयो ।
