सम्पर्क

लिसंखुपाखरको घुम्ती सेवा

सिन्धुपाल्चोक जिल्लाको लिसंखुपाखर गाउन्पालिकाले एकिकृत घुम्ती सेवा सम्बन्धी शिवीर सञ्चालन गरेको छ । गाउँपालिकाको वडा नं. ७ ठुलोपाखरमा बिहिबार सम्पन्न भएको शिवीरमा योजना सम्झौता÷अनुशिक्षण, माटो परिक्षण, बालीको रोग पहिचान र नियन्त्रण सल्लाह सुझाव, पशु बन्ध्याकरण ÷ पशुपंक्षी रोग पहिचान र नियन्त्रण सम्बन्धी परामर्श, ब्यवसाय दर्ता, ईजाजत पत्र प्रदान र नबिकरण, जेष्ठ नागरिक परिचय पत्र बितरण, स्वास्थ्य संस्था र आरोग्य केन्द्रबाट प्रदान हुने सेवाहरु उपलब्ध गराइएको थियो । वडा नं. ७ मा सम्पन्न भएको एकीकृत घुम्ती सेवा शिवीरमा ८ वटा योजना सम्झौता भएको छ । जसमा पेङगल खोला हिन्दु समुदाय चिहान घर स्तरउन्नती, १६ किलो तलतिर जाने सिंडी निर्माण, ककलिङ हरिसिद्वी माबि चिल्ड्रेन पार्क घेराबार , बर्घाङ नेवार समुदाय अपुरो सिंडी निर्माण, मेसिपा ठकुरी समुदाय, मन्दिर स्तरउन्नती, तौथली मन्दिर निमार्ण, ककलिङ महिला भवन स्तरउन्नती, जिरी सडक देखि लोटोल पाख्रिन टोल सम्मा सडक निर्माण, योजना सम्झौता भएको छ । यसै गरी ३ जना सेवाग्रहीले जेष्ठ नागरिक परिचय पत्र बितरण, अपाङगता परिचय पत्र प्रतिलिपी १ जना सेवाग्रहील, स्वास्थ्य सेवा ५९ जना सेवाग्रहीले र आयुर्बेद तर्फ ३७ जना सेवाग्रहीले उपचार तथा परामर्श सेवा लिनुभएको छ । कृषि तर्फ १९ जनामा १४ जनाको माटो परिक्षण र रोग किरा सम्बन्धी ५ जना सेवाग्राहीले सेवा लिनु भएको छ । साथै ब्यवसाय दर्ता २ जनाले ईजाजत लिनु भएको छ भने २ जना सेवाग्रहीले ब्यवसाय दर्ता प्रतिलिपी लिनुभएको छ । सोही घुम्ती सेवा सम्बन्धी शिबिर २२ गते शुक्रबार भने गाउँपालिकाको वडा नं ६ स्थित पेट्कुमा हुने भएको छ भने २४ गते आइतबार वडा नं. ५मा २५ गते सोमबार वडा नं ४ मा २६ गते मङ्गलबार वडा नं. ३ मा २७ गते बुधबार वडा नं.२ मा र २८ गते बिहीबार वडा नं. १ मा शिवीर हुने प्रमुख प्रशासकीय प्रमुख दिल बहादुर श्रेष्ठले जानकारी दिनुभयो । गाउँपालिकाको योजना छिटो सम्पन्न भएर कामको पारदर्शीताका बारेमा समय लिएर अनुगमन गर्ने योजना सम्पन्न गर्दा हतारमा गरिने कामहरुले स्थायीत्व पाउँन नसक्ने भएकाले स्थायीत्व र पारदर्शीताका लागी यो शिवीरले अती महत्वपुर्ण भुमिका खेल्ने गाँउपालीकाका अध्यक्ष राजु लामाले बताउँनुभयो ।