सिन्धुपाल्चोक जिल्लाको तातोपानीमा कार्यरत एक सुरक्षाकर्मीको निधन भएको छ । सिन्धुपाल्चोक जिल्लाबाट चीन जोड्ने भोटेकोशी गाउँपालिका–२ तातोपानीको कोदारी बजार नजिकैको सडकखण्डमा स्कुटरले ठक्कर दिँदा एक प्रहरीको निधन भएको छ । इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक देवेन्द्रराज जोशीका अनुसार बुधबार बा प्र ०२–०४३ प २८२१ नम्बरको स्कुटरले ड्युटीमा खटिएका प्रहरी हवल्दार मकवानपुर राक्सिराङ गाउँपालिका–५ वाङ्दिरामका शिवनकुमार प्रजालाई ठक्कर दिएको थियो । सडकबाट दुई सय मिटर तल भोटेकोशीको किनारमा खसेर प्रजा टाउको र अनुहारमा चोट लागेर गम्भीर घाइते प्रजाको उपचारकै क्रममा निधन भएको हो । प्रजालाई तत्काल उद्धार गरेर उपचारर्थ पठाउन इलाका प्रहरी कार्यालय कोदारीका प्रहरी निरीक्षक प्रकाश रेग्मीको कमाण्डमा १४ जनाको टोली खटिएको थियो । तर, बाह्रबिसेमा प्राथामिक उपचार गर्दै धुलीखेलमा रिफरपछि धुलिखेल अस्पतालमा लैजाँने क्रममा प्रजाको निधन भएको प्रहरीले जनाइएको छ । चालक पनि घाइते भएकाले प्रहरीकै निगरानीमा बाह्रबिसे प्राथामिक स्वास्थ्य केन्द्र लगिएको र डिस्जार्च भएपछि स्कुटर सहीत स्कुटर चालक भोटेकोशी गाउँपालिका–३ का २१ वर्षीय श्याम श्रेष्ठलाई नियन्त्रणमा लिइएको बाह्रबिसे प्रहरी निरीक्षक देवेन्द्रराज जोशीले जानकारी दिनुभयो ।
