सम्पर्क

महेन्द्र मा. वि. ले मनायो ६४ ओैं वार्षिक उत्सव

सिन्धु पाल्चोक जिल्लाको इन्द्रावती वडा नं २मा रहेको मा श्री महेन्द्र मा. वि. ले बुधबार २० गते आफ्नो ६४ ओैं वार्षिक उत्सव एैतिहासिक रुपमा भव्यताको साथ मनाएको छ ।    उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा वाग्मती प्रदेशका भौतिक पूर्वाधार मन्त्री माननिय युवराज दुलाल हुनुहुन्थ्यो भने विशेष अतिथिका रुपमा ईन्द्रावती गाउँपालिका का अध्यक्ष झम्कनाथ नेपाल हुनुहन्थ्यो ।कार्यक्रमको समुद्घघाटन प्रमुख अतिथि दुलालले केक काटेर शुरु गर्नु भएको थियो। कार्यक्रममा शिक्षा प्रेमी समाज सेवी मोहन बहादुर गिरि३२४००नगद र ५५५५५रुपैयाको अक्षयकोष स्थपना गरी सहयोग गर्नु भएको छ । उँहाले कक्षा ११ र १२ मा अध्यानरत निम्न स्तर भएका ६ जन विध्यार्थीहरुलाई पठनपाठनमा सहयोग पुग्योस भन्ने हेतुले रु ३२४०० नगद रकम प्रअ सपना दंगाल लाई हस्तान्तरण गर्नुका साथै आफ्ना स्वर्गिय आमाहरु द्वय पूर्णकुमारि गिरि र खड्ककुमारि गिरिको सम्झनामा रु ५५५५५।– (अक्षरुपी पचपन्नहजार पाँचसय पचपन्न रुपैंया ) को अक्षकोष स्थापना गर्नु भएको हो ।   अक्षकोष दाता सोही वडा निवासी शिक्षा प्रेमी , बुद्धिजिवि नेपाल प्रहरिका कुशल पूर्व अधिकृत प्रहरि नायव उपरिक्षक हिरा बहादुर गिरिले आफ्नी स्व. माता अन्नपूर्ण गिरिको सम्झनामा स्थापना गरिदिनु भएको अक्षकोष रु ५५५५५।– लाई रु ५००००।– थप गरि रु,१०५ , ५५५।–(अक्षरुपी एकलाख पाँचहजार पाँचसय पचपन्न रुपैयाँ) पुर्याउनु भएको बिद्यालय ब्यवस्थापन समितीका अध्उक्ष राम बहादुर सुनारले जानकारी दिनु भयो । कार्यक्रमको प्रमुख अतिथी मन्त्री दुलालले बिद्यालयका बिद्यार्थीहरुलाइ गुणस्तरिय शिक्षा प्रदानका लागी बागमती प्रदेस सरकारले गर्न पर्ने सहयोगमा कुनै पनी कमी हुन नदीन लागी परेको र एक बिद्यालय एक नर्सको अबधारणा समेत लागु गरी बिद्यालयलाइ आबश्यक पर्ने सहयोग उपलब्ध गराएको बताउँनु भयो । उँहाले बिद्यालयका लागी स्थानीय सहयोगीहताहरुलाइ उच्च सम्मान गर्दै गुणस्तरिय शिक्षामा जोड दिन पर्ने बताउँनु भयो । बिशेष अतिथी गाँउपालिकाका अध्यक्ष झम्क नेपालले इन्द्रावती गाँउपालिकाले गुण स्तर शिक्षाका लागी प्रयोगात्माक शिकाइमा जोड दिन लागेको बताउँनु भयो ।