सम्पर्क

वडाध्यको सुविधाबाट अक्षयकोष स्थापना ः उत्कृष्ट विद्यार्थी, शिक्षक र कर्मचारी पुरस्कृत

सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाँउपालिकाका वडा नं. ६ का वडा अध्यक्ष वडाध्यक्ष चक्रबहादुर बस्नेतले आफु वडाअध्यक्ष भएबापत जनप्रतिनिधीले पाँउने सेवा सुबिद्याबाट अक्षयकोष स्थापना गर्नुका साथै वडाका उत्कृष्ट विद्यार्थी, शिक्षक र कर्मचारी पुरस्कृत गर्नु भएको छ । वडाध्यक्षहरूलाई मासिक १८ हजार भत्ता र कम्तीमा पनी दुई वटा बैठकको भत्ता २ हजार ५ सय गरी मासिक २० हजार ५ सय पाउने रकम अक्षय कोष स्थापना गरि जम्मा गरिएको छ । ५ वर्षसम्म प्राप्त हुने सबै सेवा सुविधा अक्षय कोषमा जम्मा गरेर त्यसबाट प्राप्त हुने ब्याजबाट वडा भित्र विभिन्न सामाजिक काम गर्न सुरुवात समेत वडा अध्यक्ष बस्नेतले सुरुवात गर्नु भएको छ । विभिन्न सामाजिक काम गर्ने गरी अक्षयकोषको स्थापना गरेका छन् । सरकारले उपलब्ध गराउने सेवा सुविधाबाट सुनकोशी गाउँपालिका–६ का वडाध्यक्ष चक्रबहादुर बस्नेतले विभिन्न सामाजिक काम गर्ने गरी अक्षयकोषको स्थापना गरेका छन् । सोही अक्षयकोष मार्फत सुनकोशी गाउँपालिका–६ नम्बर वडा भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत उत्कृष्ट विद्यार्थी,शिक्षक र विद्यालय सहयोगीहरूलाई सम्मान र पुरस्कार प्रदान गरिएको छ । वडाध्यक्ष चक्रबहादुर बस्नेतले स्थापना गरेको तारा–चक्र पाउण्डेशन मार्फत नगद सहित शिक्षक,विद्यार्थी लगायत वडा भित्र उत्कृष्ट काम गर्ने संघ संस्थाहरूलाई सम्मान गरिएको हो । सुनकोशी–६ का वडाध्यक्ष चक्रबहादुर बस्नेत र उहाँका दाजु ताराबहादुर बस्नेतले वडा भित्र विभिन्न क्षेत्रमा काम गर्ने गरी गत वर्ष नौ वटा कोषको स्थापना गरेका थिए ।
वडाध्यक्ष भएपछि आउने सरकारी सेवा सुविधा सहित आफ्नो व्यक्तिगत रकम समेत राखेर दाजुभाइ मिलेर ३५ लाख बढीको अक्षयकोषको स्थापना गरिएको थियो । उक्त कोषबाट वडा नम्बर ६ भित्र प्लस टु अध्ययनरत पाँच जना विद्यार्थीहरूलाई जनही ५ हजारका दरले छात्रवृत्ति उपलब्ध गराइएको थियो । महेन्द्रदोय माविमा अध्ययनरत पार्वती विक,गौरी रोक्का,मनीषा तामाङ, आयन तामाङ र अस्मिता भण्डारीलाई छात्रवृत्ति उपलब्ध गराइएको हो । सोही कोषबाट वडा भित्रका सामुदायिक विद्यालयका प्रावि, निमावि, मावि र प्लस टु तह सम्ममा अध्यापन गराउने उत्कृष्ट शिक्षकहरू छनोट गरेर जनही ३ हजारका दरले पुरस्कृत गरिएको थियो । लेखापाल तर्फ महेन्द्रदोय माविमा कार्यरत वीणा थापा, बालविकास सहजकर्ता पार्वती भण्डारी दिवा शिशु आवि, सन्तोषी सापकोटा महेन्द्रदोय माविका शिक्षकलाई सम्मान र पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै उत्कृष्ट शिक्षकहरूमा नै दिवा शिशुका शालीग्राम खडका, चामुना देवी आविकी विमला थापा, सेतीदेवी माविकी यामकुमारी डाँगी,सोही विद्यालयकी नानीमैया बस्नेत, कोल्दोङ देवी माविका दुर्गा थापा र सुवास लामालाई सम्मान गरिएको थियो । त्यस्तै महेन्द्रदोय माविका सन्तोषी भण्डारी, मीना लामा,विज्ञान पराजुली र विक्रम शाहलाई सम्मान र पुरस्कार उपलब्ध गराइएको थियो । एसइई परीक्षामा उत्कृष्ट हुने महेन्द्रदोय माविका बन्दना थापा र रेशम नेपालीलाई पनि नगद २५ सय सहित सम्मान गरिएको थियो । विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीहरु मध्ये केल्दोङ देवी माविकी सविना तामाङ, सेतीदेवी माविकी सुस्मिता कार्की र महेन्द्रदोय माविकी बन्दना थापालाई नगद २ हजार सहित सम्मान गरिएको थियो । वडा भित्रका विद्यालयमा कार्यरत विद्यालय सहयोगीहरू मध्येमा उत्कृष्ट हुने चामुना देवी आवीकी सुशीला कार्कीलाई पनि सम्मान गरिएको थियो । सोही कोष मार्फत वडा भित्र खानेपानी योजना लगायत कृषि क्षेत्रमा काम गरिरहेको आइसाप नामक संस्थालाई पनि सम्मान गरिएको यो । सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिना, उपाध्यक्ष कान्छी लामा, शिक्षा मन्त्रालयका उपसचिव गौरीशंकर पाण्डे लगायतले शिक्षक, विद्यार्थीलाई सम्मान र पुरस्कार वितरण गरेका थिए । गाउँपालिका अध्यक्ष तिमिल्सिनाले वडाध्यक्षले पाउने सेवा सुविधाबाट अक्षयकोष स्थापना गरेर सामाजिक काम गर्न सुरु गरेको अभियान एकदमै राम्रो भएको बताउनुभयो ।


वडाध्यक्ष बस्नेतले स्थापना गरेको अक्षयकोषको रकमबाटै थुम्पाखर स्वास्थ्य चौकीमा जाने सडक नजिकै प्रवेशद्वार पनि निर्माण गरिएको छ । उक्त प्रवेशद्वारको सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले उद्घाटन गर्नुभएको थियो । स्वास्थ्य चौकीसम्म जाने सडक यही वर्ष गाउँपालिकासँगको समपुरक योजना मार्फत सडक ढलान गर्ने र स्वास्थ्य चौकीसम्म एम्बुलेन्स जान सक्ने गरेर निर्माण सुरु गरिएको वडाध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।