सम्पर्क

ब्रेकिङ न्युज १

६.१ म्याग्निच्युडको भूकम्प

ब्रेकिङ न्युज १, समाचार
काठमाडौं सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु बनाएर आज बिहान छ दशमलव एक म्याग्निच्युडको भूकम्प गएको छ । खानी तथा भूगर्व विभाग मातहतको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान २ बजेर ५१ मिनेटमा भूकम्प गएको हो । राजधानी काठमाडौँ र आसपासका स्थानमा भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पको धक्का पूर्वी नेपालका केही जिल्लामा समेत महसुस गरिएको छ । भूकम्पका कारण रातको समयमा निद्रामा रहेका मानिससमेत खुला स्थानमा निस्केका थिए ।...

गुणस्तरीय शिक्षा प्राप्त गर्न सामुदायिक विद्यालय राम्रो बनाउनु पर्छः सांसद तामाङ

ब्रेकिङ न्युज १, समाचार
बालसुधार माध्यमिक विद्यालय मेलम्ची – ७ दुवाचौरको ६७औं वार्षिकोत्सव तथा २५औं अभिभावक भेला बुधबार सम्पन्न भएको छ । कार्यक्रम उद्घाटन गर्नुहुँदै बागमती प्रदेशसभा सदस्य कृष्णकुमार तामाङ (समिर) ले संस्थागत विद्यालय भन्दा सामुदायिक विद्यालयमा सेवा सुबिधा बढि हुने, दक्ष शिक्षक हुँदा पनि शिक्षा सुधार हुन नसकेको बताउँदै अभिभावकले सामुदायिक विद्यालय राम्रो बनाउन लाग्नुभयो । उहाँले सामुदायिक विद्यालयमा पढेका धेरै व्यक्ति राम्रो ठाउँमा पुगेको भन्दै सामुदायिक विद्यालय राम्रो बनाउन सकेमात्र शिक्षा सुलभ हुन सक्ने बताउनुभयो । गुणस्तरीय शिक्षाका लागि शिक्षक र व्यवस्थापन समितिसंगै विद्यार्थी र अभिभावक, जनप्रतिनिधिको भुमिका महत्त्वपूर्ण हुने बताउनुभयो ।विद्यालय प्रतिवेदनमा देखिएका सुधार गर्नुपर्ने कुरामा व्यवस्थापन समिति र शिक्षक कर्मचारीले ध्यानदिनुपर्नेमा जोडदिनुभयो । उहाँले विद्यालयलाई आवश्यक सहयोग गर्न आ...

न्यूनतम सेवा मापदण्ड मुल्यांकनमा चौतारा अस्पताल पहिलो

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम स्थित रहेको प्रादेशिक अस्पताल चौताराले न्युनतम सेवा मापदण्ड मूल्याङ्कनमा प्रथम भएको छ । सो अस्पताल सेकेण्डरी बी लेभल अस्पतालको न्यूनतम सेवा मापदण्ड मुल्यांकनमा ९३ अंङ्क प्राप्त गरेर पहिलो हुन सफल भएको हो । अस्पतालको निमित बैठक बस्न गरेकोे, दैनिक बिहानी छलफल हुने गरेको, बिद्युतिय हाजीलाई अनिवार्य गरेको, बिमारीको लागि टोकनको व्यवस्थापन गरेको, सुचना पाटीमा सुचना टाँस गर्ने गरेको, अस्पतालको आफ्नै वेबसाईट निर्माण गरि सञ्चालनमा ल्याएको, सुरक्षा गार्ड र सिसी टिभी क्यामेराको जडान भएको लगायत पक्षहरु अस्पतालको राम्रा पक्षहरु भएको निर्देशनालयले जनाएको छ । निर्देशनालयले दिएको जानकारी अनुसार रामेछापको अस्पताल बाहेक हासम्म गरिएको मूल्याङ्कनमा सिन्धुपाल्चोक उच्च स्थानमा नै रहेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद सापकोटाल...

गोइको जस्तो आँशु बगाएर मात्र हुँदैन स्थाइ रुपले समस्या समधान गर्नू पर्छ , कांग्रेस सांसद बस्नेत

अन्तर्वाता, जिबनशैली, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार, स्वास्थ्य
लोकप्रिय समाचार काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सांसद मोहनबहादुर बस्नेतले ‘विदेश पढ्न जाने विद्यार्थीका लागि मन्त्रीहरूने शाखा,शाखामामा पुगेर एनओसी छिटो दिन आदेस दिने गरेको खुलासा गर्नू भएको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै पूर्वमन्त्री सांसद बस्नेतले ओडिसामा नेपाली विद्यार्थीमाथि भएको घटनामा परराष्ट्रमन्त्री डा.आरजु राणा र नेपाल सरकारबाट भएको कुटनीतिक पहलको प्रशंसा गर्नु हुँदै ओडिसाको जस्तो घटना हुन नदिन सरकारले गम्भीर रुपमा सोँच्नुपर्ने बताउँनु भयो एका छन् । उँहाले ‘प्रकृति लम्सालको निधनले नेपाललाइ गम्भीर रुप्मा सोच्न पर्नेबनाएको छ भन्नु हुँदै गोइको जस्तो आँशु बगायर हुँदैन भित्रै मन देखी यस्ता घटना हुन बाट बचाउँनका लागी सबै एक ठाँउमा बसेर लागी पर्नु पर्ने बताउँनु भयो । बस्नेतले बिदेसमा पढ्नजाने सबैको पिडा छ भन्नु हँुदै नेपालमा डाक्टर,इन्जीनियर लगाएत...

चौतारामा एकै दिनमा एकशयले पाए मानसिक उपचार स्वास्थ्यसेवा

जिबनशैली, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकाका १००जनाले एकै दिनमा निशुल्क मानसिक स्वास्थ्य सेवा पाएका छन । चौतारा साँगाचोक गढी नगरपालिकामा आइतबार भएको शिविरमा पुरुष ५७ जना महिला र ४३ जना गरी १००जनाले निशुल्क स्वास्थ्य सेवा पाएको स्वास्थ्य शाखाले जनाएको छ । कार्यक्रमको शुरुवात गर्दै नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले चौतारा सागाँचोकगढी नगरपालिकाले नगरका कोही पनी नागरिक कुनै पनी सेवा बाट बञ्चीत रहनु हुँदैन भन्दै अझ स्वास्थ्य जस्तो सम्बेदनशिल क्षेत्रमा बिशेष ध्यान दिन पर्ने भएकाले यस तर्फ नगरपालिका लागी परेको बताउँनु भएको छ । नगर प्रमुखसापकोटाले नगरपालिकले नगरको मातहतमा रहने गरी नगर अस्पताल सञ्चालन गर्न लागेको र नगर भित्रै दुइ स्थानमा आयुर्बेदीक फिजीयो थेरापी दुबै सेवा दिन लागेको बताउँदै नगर भित्रका सबैलाइ निशुल्क सेवा दिने योजना रहेको बताउँनु भयो । स्वास्थ्यमा सबै भन्दा अती ध्यान दिन पर्...

निःशुुल्क स्वास्थ शिविरबाट ४ सय १९ जना लाभान्वित

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका –५ चौतारा आधारभुत स्वास्थ्य सेवा केन्द्रमा सञ्चालित एक दिने निःशुल्क स्वास्थ्य शिविरबाट ४ सय १९ लाभान्वित भएका छन् । पशुपती होमियोप्याथिक चिकित्सालय हरिहर भबन ललितपुरको आयोजना र चौतारा सागाचोकगढी नगरपालिकाको समन्वयमा भएको उक्त शिविरबाट नगरभरिका ३ सय १ महिला र १ सय १८ पुरुष गरि ४ सय १९ जनाले सेवा लिएको चौतारा साँगाचोकगढी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शिव पुरीले जानकारी दिनुभयो । जनताले सहज तरिकाले गाउँमानै स्वास्थ्य सेवा प्राप्त गर्न सकोस भनि नगरपालिकाले विभिन्न निकायको सहकार्यमा शिविर आयोजना गरिएको स्वास्थ्य शाखा प्रमुख पुरीले बताउनुभयो । डाक्टर रामकुमार अधिकारीको अध्यक्षतामा भएको उक्त शिविर चौतारा साँगाचोकगढी नगरपालिका उपप्रमुख सिता थापाले उद्घाटन गर्नुभएको थियो ।...

नसर्ने रोग, रोकथाम तथा न्यूनीकरण सम्बन्धी जिल्लास्तरीय समन्वय समिति गठन

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
नेत्र बहादुर बस्नेत , सिन्धुपाल्चोक जिल्ला नसर्ने रोग, मानसिक स्वास्थ्य प्रवर्धन, आत्महत्या रोकथाम तथा न्यूनीकरण कार्यक्रम सम्बन्धी जिल्लास्तरीय समन्वय समिति गठन गरिएको छ । शुक्रबार जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठको सभापतित्वमा नसर्ने रोग, मानसिक स्वास्थ्य प्रवर्धन, आत्महत्या रोकथाम तथा न्यूनीकरण कार्यक्रम सम्बन्धी जिल्लास्तरीय समन्वय समिति गठन तथा एक दिने कार्यशाला गोष्ठीको आयोजना गरी समिति गठन गरिएको हो । सरकारको निती अनुसार जिल्ला सम्मन्वय समितिका प्रमुखको संयोजकत्वमा जिल्ला स्थित सबै नगर पालिकाका उप प्रमुखहरु, सबै पालिकाका उपाध्यक्षहरु प्रमुख जिल्ला अधिकारी, जिल्ला सम्मन्वय अधिकारी,जिल्ला प्रहरी कार्यलयका प्रमुख,प्रदेसिक अस्पतालका प्रमुख,मानसिक रोग बिशेषज्ञ प्रमुख, नेपाल पत्रकार महासंघका प्रमुख,कन्सल्टेन्ट फिजिसियन, आयुर्बेद तथा बैकल्पिक चिकित्सालयका प्रमुख,...

सिन्धुपाल्चोकका शिक्षक आन्दोलित

ब्रेकिङ न्युज १, समाचार
 नेपाल शिक्षक महासंघ जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले शुक्रबार शिक्षक आन्दोलनबारे शिक्षा विकास तथा समन्वय इकाईलाई जानकारी साथ ध्यानाकर्षण पत्र बुझाएको छ । शिक्षा विकास तथा समन्वय इकाई सिन्धुपाल्चोकमा ध्यानाकर्षण पत्र इकाइ प्रमुख बैकुण्ठ सुवेदीलाई बुझाउने कार्य सम्पन्न भएको हो । शिक्षक–कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन ल्याउनुपर्ने मुख्य मागसहित ध्यानाकर्षण पत्र बुझाइएको हो । निजामती कर्मचारीहरुको दाँजोमा शिक्षकलाई विभेद गरिएको आरोप उनीहरुको छ । अस्थायी, करार, राहत शिक्षकहरुलाई दरबन्दीमा ल्याएर सेवासुविधा सहितको पेशाको ग्यारेन्टी हुनुपर्ने विरोधमा उत्रिएका शिक्षकहरुले माग राखेका छन् । नेपाल शिक्षक महासंघ जिल्ला अध्यक्ष कुमार प्रसाद खतिवडाको नेतृत्वमा नेपाल शिक्षक महासंघ जिल्ला समितिको पदाधिकारी तथा सदस्यहरु,नेपाल शिक्षक महासंघ स्थानीय समितिको अध्यक्ष तथा पदाधिकारीहरु, नेपाल शिक्ष...

‘सामाजिक सञ्जाल विधेयक, २०८१’ फिर्ता लिन प्रेस युनियनको माग

जिबनशैली, बिदेश, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, ८ फागुनः नेपाल प्रेस युनियनले ‘सामाजिक सञ्जाल विधेयक, २०८१’ फिर्ता लिन सरकारसँग माग गरेको छ ।युनियन केन्द्रीय समितिको आयोजनामा काठमाडौँमा यही फागुन ५ गते आयोजित प्रदेश अध्यक्ष र ६–७ गते शाखा अध्यक्षको राष्ट्रिय सम्मेलनले १२ बुँदे घोषणापत्र जारी गर्दै यस्तो माग गरेको हो । ‘सामाजिक सञ्जाल विधेयक, २०८१’ मा व्यवस्था भएका केही विषयमा युनियनको गम्भीर असहमति रहेको युनियनले सम्मेलन समापनपछि जारी घोषणापत्रमा उल्लेख छ ।विधेयकमा ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता’मा असर पार्ने गरी राखिएका प्रावधान सरोकार भएकाहरूसँग छलफल तथा परामर्श गरेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सुनिश्चितताका लागि फिर्ता लिन माग गरिएको हो ।सम्मेलनले नेपाल प्रेस युनियनका साङ्गठनिक गतिविधि, श्रमजीवी पत्रकार र पत्रकारिताका मुद्दा, पत्रकारको पेसागत सुरक्षा, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, प्रविधिको विकासले सञ्चारक्षे...

काम गर्ने इच्छाशक्ती हनेलाइ सहयोग गर्न नगरपालिका आतुर

कृषि, बिजनेस, ब्रेकिङ न्युज १, समाचार
कबीता श्रेष्ठ,सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाले नगरपालिका कृषकलाइ अनुदान सहयोग गर्न आतुर रहेको नगरका कृषकहरु पनी अनुदान लिन इच्छुक रहेको भएता पनी नगरपालिका र कृषकबिचको दुरी नजीक नभएकै कारण अनुदानमा समस्या उत्पन्न भएको बताउँनु भएको छ । उँहाले चौतारासाँगाचोकगढी नगरपालिका वडा नं ८को सहयोगमा नेत्रज्योती कृषी सहकारी सस्थांको आयोजनामा भएको तरकारी उत्पादन तथा बजारिकरण सम्बन्धी भएको बित्तीय साक्षरता कार्यक्रममा सहभागी कृषकहरु सँगको कार्यक्रममा बोल्दै यस्तो बताउँनु भएको हो । उँहाले कृषकले म यो गर्छु म यो व्यवसाय गराउँछु भनेर भित्री मनले इच्छाशक्ती देखाएर सके नगरपालिका नसके वडा कार्यलयमा आएर माग पेश गर्नु भयो भने त्यसलाइ सम्बोधन हुन्छ । त्यसका लागी ब्यक्तीगत होइन सके सम्म समुहगतमा नै हुँदा राम्रो हुने बताउँनु भयो । उँहाले नगरपालिकाका भित्र उत्पादनमा आधा...