सम्पर्क

निःशुुल्क स्वास्थ शिविरबाट ४ सय १९ जना लाभान्वित

सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका –५ चौतारा आधारभुत स्वास्थ्य सेवा केन्द्रमा सञ्चालित एक दिने निःशुल्क स्वास्थ्य शिविरबाट ४ सय १९ लाभान्वित भएका छन् । पशुपती होमियोप्याथिक चिकित्सालय हरिहर भबन ललितपुरको आयोजना र चौतारा सागाचोकगढी नगरपालिकाको समन्वयमा भएको उक्त शिविरबाट नगरभरिका ३ सय १ महिला र १ सय १८ पुरुष गरि ४ सय १९ जनाले सेवा लिएको चौतारा साँगाचोकगढी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शिव पुरीले जानकारी दिनुभयो । जनताले सहज तरिकाले गाउँमानै स्वास्थ्य सेवा प्राप्त गर्न सकोस भनि नगरपालिकाले विभिन्न निकायको सहकार्यमा शिविर आयोजना गरिएको स्वास्थ्य शाखा प्रमुख पुरीले बताउनुभयो ।
डाक्टर रामकुमार अधिकारीको अध्यक्षतामा भएको उक्त शिविर चौतारा साँगाचोकगढी नगरपालिका उपप्रमुख सिता थापाले उद्घाटन गर्नुभएको थियो ।