नेत्र बहादुर बस्नेत , सिन्धुपाल्चोक जिल्ला नसर्ने रोग, मानसिक स्वास्थ्य प्रवर्धन, आत्महत्या रोकथाम तथा न्यूनीकरण कार्यक्रम सम्बन्धी जिल्लास्तरीय समन्वय समिति गठन गरिएको छ ।
शुक्रबार जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठको सभापतित्वमा नसर्ने रोग, मानसिक स्वास्थ्य प्रवर्धन, आत्महत्या रोकथाम तथा न्यूनीकरण कार्यक्रम सम्बन्धी जिल्लास्तरीय समन्वय समिति गठन तथा एक दिने कार्यशाला गोष्ठीको आयोजना गरी समिति गठन गरिएको हो । सरकारको निती अनुसार जिल्ला सम्मन्वय समितिका प्रमुखको संयोजकत्वमा जिल्ला स्थित सबै नगर पालिकाका उप प्रमुखहरु, सबै पालिकाका उपाध्यक्षहरु प्रमुख जिल्ला अधिकारी, जिल्ला सम्मन्वय अधिकारी,जिल्ला प्रहरी कार्यलयका प्रमुख,प्रदेसिक अस्पतालका प्रमुख,मानसिक रोग बिशेषज्ञ प्रमुख, नेपाल पत्रकार महासंघका प्रमुख,कन्सल्टेन्ट फिजिसियन, आयुर्बेद तथा बैकल्पिक चिकित्सालयका प्रमुख, नसर्ने रोग तथा मानसिक स्वास्थ्य सेवामा क्रियाशिल रहेका सघ सस्थाहरु ,सदस्य रहनु हुने छ भने जनस्वास्थय कार्यलयका प्रमुख सदस्य सचिब रहनु हुने निती भएको हुँदा सोही अनुसार जिल्ला सम्न्वय समिती गठन भएको हो । जिल्ला सम्मन्वय समितीको सभाहलमा जन स्वास्थ्य कार्यलयका कम्प्युटर अपरेटर तिलक बि.क.ले सञ्चालन गर्नु भएको कार्यक्रममा जनस्वास्थ्य कार्यलयका प्रमुख दुर्गा बजगाइले नसर्ने रोग, मानसिक स्वास्थ्य प्रवर्धन, आत्महत्या रोकथाम तथा न्यूनीकरण कार्यक्रम सम्बन्धमा सरकारको नितिका बारेमा जानकारी दिनु हुँदै २०८१फागुन महिना भर नसर्ने रोग, मानसिक स्वास्थ्य प्रवर्धन, आत्महत्या रोकथाम तथा न्यूनीकरण कार्यक्रम अन्तरगत नसर्ने रोग पहीचनाका लागी अभियान चलाएको र यो अभियान सफल पार्न यस अन्तरगत रहेर काम गर्न पर्ने बताउँनु भयो । कार्यक्रममा आफ्नो भनाइ राख्नु हुँदै लिसखु पाखर गाँउपालिकाका उपाध्यक्ष मिठुदेबी लामाले शुरु शुरुमा गाँउ गाँउका मानीसहरु प्रायलाइ सुगर प्रेशर जस्ता नसर्ने रोगहरु लागेको थाहा नहुने तर रोगले च्यापी सके पछी मात्र जँचाउदा रोग देखीने भएकाले सके हरेक महीना वा नसके ४,४महीनामा गाँउगाँउमा यस्ता प्रकारको रोगको परिक्षण गरेर उपचारमा सहयोग गर्न पर्ने बताँउनु भयो । बलेफी गाँउपालिकाकाका उपाध्यक्ष शरु लामाले रोग लागी सके पछी उपचारको खोजीगर्नु भन्दा पनी रोग लाग्नै नदीने थर्फ ध्यान दिन पर्ने बताउँनु भयो । यसै गरी नगरपालिकाको तर्फबाट मेलम्ची नगरपलिकाका उप प्रमुख उमा प्रधानले मेलम्ची नगरपालिकाले यस्ता नसर्ने रोग मात्र होइन हरेक रोगको पहीचान गरी उपचारको व्यवस्था मिलाउँन स्वास्थ्य क्षेत्रमा ठुलै लगानी गरेको भएता पनी महीलाहरुलाइ सुत्केरी अबस्थामा आबश्यक पर्ने रगतको व्यवस्थापन गर्न मुश्कील भएको बताउँनु भयो । यसका लागी रगत सङ्कलन गरेर आबश्यकता अनुसार बितरण गर्ने कार्यलाइ पनी प्रथमिकतामा राखेर काम गर्न पर्ने भएकाले जिल्ला स्तरमा यसको व्यवस्थापन हुन पर्ने बताउँनु भयो । कार्यक्रमको समापन गर्दे जिल्ला सम्मन्वय प्रमुख बालकृष्ण श्रेष्ठले हाम्रोजस्तो विकासोन्मुख मुलुकमा सर्ने र नसर्ने दुवै रोगको जोखिममा पर्छ । जसका कारण देशको आर्थिक तथा सामाजिक क्षेत्रमा समेत नकारात्मक असर परेको बताउँनु भयो । उँहाले नेपालमा गरिएको एक अध्ययनअनुसार रोगको भारमध्ये झन्डै ५० प्रतिशत नसर्ने रोगले ओगटेको बताउँनु हुँदै यसको रोकथाम र नियन्त्रणका लागी अती जरुरी भएको बताउँनु भयो । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय , जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा भएको कार्यक्रममा जिल्ला स्थित कार्यलय प्रमुख हरु पालिकाका उपमुख,उपाध्यक्ष, स्वास्थ्य शाखाका प्रमुख लगाएतको उपस्थिती रहेको थियो ।
