कबीता श्रेष्ठ,सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाले नगरपालिका कृषकलाइ अनुदान सहयोग गर्न आतुर रहेको नगरका कृषकहरु पनी अनुदान लिन इच्छुक रहेको भएता पनी नगरपालिका र कृषकबिचको दुरी नजीक नभएकै कारण अनुदानमा समस्या उत्पन्न भएको बताउँनु भएको छ ।
उँहाले चौतारासाँगाचोकगढी नगरपालिका वडा नं ८को सहयोगमा नेत्रज्योती कृषी सहकारी सस्थांको आयोजनामा भएको तरकारी उत्पादन तथा बजारिकरण सम्बन्धी भएको बित्तीय साक्षरता कार्यक्रममा सहभागी कृषकहरु सँगको कार्यक्रममा बोल्दै यस्तो बताउँनु भएको हो । उँहाले कृषकले म यो गर्छु म यो व्यवसाय गराउँछु भनेर भित्री मनले इच्छाशक्ती देखाएर सके नगरपालिका नसके वडा कार्यलयमा आएर माग पेश गर्नु भयो भने त्यसलाइ सम्बोधन हुन्छ । त्यसका लागी ब्यक्तीगत होइन सके सम्म समुहगतमा नै हुँदा राम्रो हुने बताउँनु भयो ।
उँहाले नगरपालिकाका भित्र उत्पादनमा आधारित अनुदान दिइएको छ। भैेसी पाल्नेका लागी दुधमा , तरकारीका लागी उत्पादनको उपलब्धी हेरेर त्यस्तै अन्य उत्पादनका लागी उत्पादनमा नै आधारित अनुदान तथा बाँझो जमीनको खेतीका लागी अन्ुदानको व्यवस्था गरिएको बताउँनु हुँदै कृषकले आफु उत्पादनका लागी तैयारी रहन अनुरोध गर्नु भयो । उँहाले खेती किसान गर्नेका लागी सिचाइ टेङ्की ,पाइप,व्यवसाय गर्नेका लागी व्यवसायी अनुदान सहयोग समेतको व्यवस्था गरिदिएको र उत्पादन भएका सामानको खरिद गर्ने र किसानबाट आएका सामाग्री बिक्री नभएर कुहिएको अबस्थामा नगरपालिकाले त्यसको मुल्य तिरिदिने व्यवस्था समेत नगर पालिकाले गरेको बताउँनु हुँदै तपाइ हरु उत्पादन गर्नुहोस त्यसका लागी सबै व्यवस्था नगरपालिकाले गरिदिने छ भन्नु भयो । उँहालेहरेक बिद्यालयमा खुवाइने खाजामा स्थानीय स्तरमा नै उत्पादन भएका र अभिभावकले उत्पादन गरेका खाद्यन्न प्रयोग गर्न गराउँनका लागी आबश्यक निती निर्माण गरेर कार्यक्रम अगाडी बढाउँने काममा प्राथमिकताका साथ लागी पर्न समेत आग्रह गर्नु भयो । कार्यक्रमको सभापतीत्व गरिरहनु भएका वडा अध्यक्ष अमृत दङ्गालले इच्छुक कृषकहरुलाइ तरकारी उत्पादनका लागी टडेलाको व्यवस्था गरिदिएको , सिंचाइ, पाइप,टेक्टर, लगाएत जे माग्यो त्यो दिएको, पशुपालनमा निशुल्क खोपको व्यवस्थगा गरिदिएको बाँझो जग्गा खेती गर्नका लागी अनुदानको व्यवस्था गरिदिएको बताउँनु हुँदै हरेक कार्यमा सहयोग गरिरहने बताउँनु भयो । नेत्र ज्योती कृषी सहकारी सस्थाका व्यवस्थापक नेत्र बहादुर बस्नेतले कृषकको मनमा इच्छा शक्ती हुन पर्यो त्यसका लागी नगर पालिकाले दिने अनुदानले नपुग भएमा कृषी बिकास बैङ्कले अनुदानमाथी कर्जा समेत दिने बिउ, प्राबीधिक सल्लाह सहकारी सस्थाले सहयोग गर्ने तर कुषकहरुमा खेतीगर्ने जाँगर हुन पर्ने बताउँनु भयो । कार्यक्रममा कृषी बिकास बैङ्क शाखा कार्यलय चौताराका प्रबन्धक सिर्जना महर्जन बैदेसिक रोजगार सामी परियोजनाका अरुण पौडेलबित्तीय ुाक्षर संयोजक सन्तोषी बस्नेत बित्तीय साक्षर बिशेषज्ञ सबिता तामाङलगाएतले कार्यक्रममा आआफ्नो प्रस्तुतीकरण राख्नु भएको थियो । आयोजक नेत्रज्योती कृषी सहकारी संस्थाले नगरपालिकाको वडा नं १४ वडा नं १० र वडा नं २ लगाएतका वडाहरुमा कृषीमा उत्पादनमुलक कामका लागी बिभिन्न कार्यक्रम गर्दै आइरहेको छ भने वडा नं १,७,९,११र१४का बिद्यालयहरुमा दिवा खाजा ढुवानीको व्यवस्थापन गरिरहेको छ ।
