त्रिपुरासुन्दरीमा अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन पालिका घोषणा
पृथ्वीजंग पाण्डे / पिस्कर सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराको सभाध्यक्षतामा बुधबार गाउँपालिकाको सभाहलमा आयोजित एक समारोहबीच त्रिपुरासुन्दरीलाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन पालिका घोषणा गरिएको हो ।नेपालको संविधान २०७२ र अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ मा भएको व्यवस्थाअनुसार गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागु गरिएको अध्यक्ष भक्तध्वज बोहराले ले जानकारी दिनुभयो। आधारभूत शिक्षा प्राप्त नगरेमा राज्यबाट पाउने सेवा सुविधा नपाइने भएकोले निशुल्क शिक्षा प्राप्त गर्न लागि पर्न सबैलाई आव्हान गर्नुभयो ।गाउँपालिका उपाध्यक्ष गिताकुमारी नेपालले पालिकाको निर्मित समितिहरु चलायमान हुनुपर्ने र साना नानीहरुको ओठमा मुस्कान ल्याउन सबै मिलेर लाग्नुपर्ने बताउनुभयो...


