सिन्धुपाल्चोक जिल्ला चौतारा सागाचोकगढी नगरपालिका वडा नं ९ मुलखर्कमा रहेको श्री आदर्श विद्या मन्दिर आधारभुत विद्यालयमा अध्ययनरत बालबालिकाहरूलाई लभ एन्ड होप नेपाल संस्थाले शैक्षिक सामग्रीहरू हस्तान्तरण गरेको छ ।
शुक्रबार सोही विद्यालयका विव्यस अध्यक्ष समिर तामाङको अध्यक्षतामा र वडा नं. ९ का वडा अध्यक्ष विमल श्रेष्ठको प्रमुख आतिथ्यतामा र लभ एण्ड होप नेपाल संस्थाको अध्यक्ष शम्भु पोखरेल, संस्थाको कार्यक्रम निर्देशक हरि चन्द्र खड्काको विशेष अतिथिमा कार्यक्रम सम्पन्न भएको हो । लभ एण्ड होप नेपाल संस्थाको अध्यक्ष शम्भु पोखरेल र कार्यक्रम निर्देशक हरि चन्द्र खड्काले विद्यालयमा अध्ययनरत साना बालवालिकाहरूलाई स्टेशनरी सामग्रीहरू एबंम् बिद्यालय झोला हस्तान्तरण गर्नुभएको थियो । सोही कार्यक्रमका बीच संस्थाको सहयोगमा विद्यालयमा १ जना शिक्षक समेत थप गरीएको थियो । शैक्षिक रूपमा टेवा पुगेको बताउनु हुदै विद्यालय परिवारले यस संस्थाप्रति धन्यवाद र खुसी व्यक्त गरेका छन् ।
कार्यक्रममा गोल्मादेवी माविका प्रधानाध्यापक ज्ञान बहादुर तामाङ र विद्यालयका पूर्व अध्यक्ष र शिक्षक अभिभावकहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सम्बोधन गर्दै विद्यालयका लागि सहयोग गर्नूहुने सहयोगी संस्थाप्रति आभारी रहेको भन्दै आदर्श विद्या मन्दिर आधारभुत विद्यालयका प्रधानध्यापक झम्क घलेले भन्नु भयो, ‘यस विद्यालयलाई माथि उठाउन विभिन्न संघ संस्था र सरोकारवाला निकायहरू र शिक्षक ,अभिभावकको अहम भुमिका रहने बताउनु भयो ।’ लभ एण्ड होप नेपालका कार्यक्रम निर्देशक हरि चन्द्र खड्काले विद्यालयमा शिक्षक लागि शिक्षक तालिम महत्वपूर्ण रहने बताउनु भएको छ । यस विद्यालयका शिक्षकहरूलाई आबश्यक पर्ने बिद्यालय शैक्षिक सुधार तालिम एबंम् शैक्षिक मेन्टोरिङ कार्यक्रम निःशुल्क संचालन गर्ने व्यवस्था गर्ने बताउनु भयो । उहाँ बिगत १ दशकदेखी शैक्षिक तालिम प्रशिक्षकको रुपमा कार्यरत रहि शैक्षिक सुधारका लागि बिद्यालय एबंम् स्थानीय तहमा शिक्षाका नवीनतम आयाम प्रयोग गर्दै आइरहनुभएको छ ।
लभ एन्ड होप नेपाल संस्थाको अध्यक्ष शम्भु पोखरेलले आफ्नो संस्थाको कार्यक्रमबारे बताउनु हुदै उहाँले भन्नुभयो ‘संसार परिवर्तन गर्नु छ भने सुरूवात आफै बाट गर्नु पर्छ, यस संस्थाले आर्थिक रूपमा विपन्न र गरीब टुहुरा विशेषतः छात्राहरूलाई सहयोग गर्दै हाल ११ जिल्लामा सहयोग गर्दै आइरहेको उहाँले बताउनु भयो ।’ सिन्धुपाल्चोक जिल्लाको कोदारीका ३ जना विद्यार्थीबाट सुरू भएको यस कार्यक्रम अहिले १२०० सय विद्यार्थी सङ्ख्या पूगेको बताउनु भएको छ ।
यस संस्थाले विशेषगरी विद्यालय जान कठिन.अवस्थामा रहेको मानव बेचबिखन रोकथामका निम्ति कार्यक्रम गर्दै आइरहेको बताउनु भयो । यस किसिमको सहयोग सिन्धुपाल्चोक जिल्लामा अझै सहयोग गर्ने बताउनु भयो । श्री आदर्श विद्या मन्दिर आधारभुत विद्यालयका विव्यस अध्यक्ष समीर तामाङले विद्यालय व्यवस्थापन गर्नका निम्त हरपल तयार रहने भन्दै आगामी दिनमा पनि सहयोगको आशा र अपेक्षा सहित सहयोग गर्नू हुने संस्थाप्रति धन्यवाद प्रकट गर्नुभएको थियो ।


