सम्पर्क

विश्व रक्तदाता दिवसको अवसरमा कतारमा ३८ जनाले गरे रक्तदान

दर्शन सुनार/लोकप्रिय दैनिक
कतारमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विश्व रक्तदाता दिवसको अवसरमा नेपाली रक्तदाता सङ्घ कतारको आयोजना तथा कतारमा स्थापित विभिन्न सङ्घ संस्थाको समन्वयमा शुक्रवार “बृहत् रक्तदान“ कार्यक्रम सम्पन्न भएको हो ।

रक्तदान–जीवनदान भन्ने मूल नारालाई आत्म साथ गर्दै कतार नेशनल ब्लड डोनेसन सेन्टरमा सङ्घका संरक्षक हशंराज ढकालले रक्तदान गर्दै शुभारम्भ गरिएको थियो । रक्तदान गर्नको लागि ४७ जनाले रजिस्ट्रेसन गरेका थिए । जस मध्य ३८ जनाले रक्तदान गर्न सफल रहेको सङ्घका काःवा अध्यक्ष छविलाल भट्टराईले जानकारी दिनु भयो । मानवीय तथा परोपकारी“ कार्यमा सहभागी भई रक्तदान गरेका सम्पूर्ण रक्तदाताहरूलाई कदर पत्र प्रदान गर्दै सम्मान गरिएको थियो ।

बिहान ८ बजे देखि दिउँसो १ बजे सम्म चलेको रक्तदान कार्यक्रममा नेपाली राजदूतावास कतारका प्रथम सचिव कृष्ण कुमार सुवेदी सहित कतारमा स्थापित विभिन्न सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो ।