सम्पर्क

भेटेकोशी र सुनकोशीमा सतर्क रहन अपिल

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक र भोटेकोशी गाँउपालिकाले असार ३ देखि ७ गतेसम्म वर्षा र बाढीको जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यलयका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले एक सूचना जारी गर्दै असार ३ देखि ७ गतेसम्म वर्षा र बाढीको जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गर्नु भएको छ । यस अघी भेोकोश िगाँउपालिकाकाले पनी सबैलाइ सतर्कता अपनाउँन आग्रह गरेको छ । ‘भोटेकोशी र सुनकोशी नदी आसपास ( भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाको भोटेकोशी÷सुनकोशी नदी आसपास) क्षेत्रमा जोखिम हुन सक्ने भएकोले नदी आसपास क्षेत्रमा बसोबास गर्नुहुने महानुभावहरुमा सतर्कता अपनाउन अनुरोध छ’, सूचनामा भनिएको छ ।